वीरगञ्ज, २६ फागुन । पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रौनियारलाई नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा बिहिवार आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रमका अवसरमा रौनियारले पार्टी प्रवेश गरेका हुन् । नेपाली काँग्रेसको सदस्यता प्रदान गर्दै देउवाले रौनियारलाई पार्टीमा स्वागत गरे ।
गत निर्वाचनमा नेपाली जनता दलबाट ३ हजार २५ मत प्राप्त गरेर नगरप्रमुखमा निर्वाचित भएका रौनियार अब नेपाली काँग्रेसबाट पुनः मेयरमै निर्वाचनमा होमिने तयारी गरीरहेका छन् ।