राष्ट्रपति रनिङ्ग शिल्ड सगरमाथा माविलाई

    • फाल्गुन २५, २०७८
    • ५८८ पटक पढिएको
    • गमक पाेस्ट

    • एलिना हिङ्गमाङ्ग चौधरी

    लहान, २५ फागुन । लहान नगरपालिकाद्वारा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितो २०७८ को शिल्ड सगरमाथा माध्यामिक विद्यालय ढोढना १५ ले हात पारेको छ । यही फाल्गुन २२ गतेदेखि २५ गते सम्म लहान नगरपालिका १ स्थित श्री पशुपति आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा संचालन भएको विभिन्न्न प्रतियोगिता अन्तरगत फुटबल खेलमा सो शिल्ड हात पारेको हो ।

    333
    श्री जनता माध्यामिक विद्यालय सोनमती गाढालाई १ का विरुद्ध २ गोलले परजित गर्दै सगरमाथा विद्यालयले हात पारेको हो । खेलमा सोनमती गाढा दोस्रो र श्री राजाजी वावा माध्यामिक विद्यालय लहान १८ भदैयाले तेश्रो स्थान हात पारेको छ ।
    चार दिन सम्म संचालन भएको प्रतियोगितामा छात्र छात्राहरुको २ सय र १५ सय मिटरको दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो । २ सय मिटर दोड तर्फ सगरमाथा माध्यामिक विद्यालयका आकृति कुमारी चौधरी तेश्रो, श्री पशुपति आदर्श माध्यामिक विद्यालयका भुमि मगर दोश्रो र सगरमाथा माध्यामिक विद्यालय कै भुमिका चौधरीले प्रथम स्थान हासिल गरेका छन् ।
    त्यसैगरी छात्र तर्फ सगरमाथा माध्यामिक विद्यालयका सुर्यमणि चौधरी तेश्रो, श्री पशुपति आदर्श माध्यामिक विद्यालयका राहुल चौधरी दोस्रो र श्री माध्यममिक विद्यालय पडरिया थारुटोलका दिपक चौधरीले प्रथम स्थान हासिल गरेका छन् ।
    उक्त कायक्रममा १५ सय मिटर छात्रा तर्फ श्री लक्ष्मण ललिता माध्यमिक विद्यालयका रोशनी महतो, श्री सगरमाथा माध्यामिक विद्यालयकी अर्चना कुमारी चौधरी र सोही विद्यालयकी चन्द्रिका कुमारी चौधरीले प्रथम स्थान हासिल गरेका छन्; भने छात्र तर्फ श्री वस्तीपुर माध्यामिक विद्यालयका जितेन्द्र राम तेश्रो, श्री लेखनाथ माध्यामिक विद्यालयका अजय महताले दोस्रो र श्री राजाजी बाबा माध्यामिक विद्यालय भदैयाका शुसान्त सिंहले प्रथम स्थान हासिल गरेका छन् ।
    प्रतियोगितामा विजेताहरुलाई लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमानन्द भुषालले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगितामा एन्फा प्रमुख रेफ्री आषेश थारु, रेफ्री राजेश चौधरी, देव चौधरी, फोर्स अफिसियल राजेश चौधरी, भलिवल प्रशिक्षक बुद्धिलाल चौधरीलाई समेत सम्मान गरेको थियो ।
    कार्यक्रमको समापन समारोहमा प्रतियोगिताम सहभागी विदालयहरु श्री पशुपति आदर्श माध्यामिक विद्यालय, श्री लेखनाथ माध्यामिक विद्यालय लहान २४, श्री लक्ष्मण ललिता कुशवाहा माध्यामिक विद्यलय लहान ३, श्री सगरमाथा माध्यामिक विद्यालय लहान १५, श्री राजाजी वावा माध्यामिक विद्यालय लहान १८ भदैया, श्री माध्यामिक विद्यालय हनुमानगर गोर्छारी, श्री जनता माध्यामिक विद्यालय सोनमती गाढा, श्री माध्यामिक विद्यालय पडरिया थारु टोल, श्री माध्यामिक विद्यालय गोविन्दपुर झिरहरी लहान १७ लाई सम्मान पत्र प्रदान गरिएको थियो ।
    लहान नगरपालिकाका प्रमुख मुनी साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन र व्यवस्थापन लहान नगरपालिका शिक्षा समिति सदस्य विरेन्द्र चौधरीले गरेका थिए ।

    vacancy announcement

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल