वीरगञ्ज, २५ फागुन । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशलाई सही मार्गमा डो¥याउने एक मात्र विकल्प सुशासन पार्टी भएको दावी गरे । सुशासन, समृद्धि र राष्ट्रियताको मुख्य एजेण्डासहित स्थापित पार्टीले देशमा व्याप्त कुशासनको अन्त्य गर्ने खरेलको दावी गरे ।
पर्साको ईटिहाई ३ बिन्दवासिनीमा आयोजित नेपाल सुशासन पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै खरेलले उत्पादनलाई जोड नदिएसम्म देश समृद्ध बन्न नसक्ने बताए । किसानलाई मुख्य प्राथमिकतामा राखेर कृषकका उत्पादनलाई समन्वयात्मक ढंगले वितरण गरे मात्रै देश समृद्ध बन्ने र जनता सुखी हुने खरेलको बताए ।
नेपालबादलाई आत्मसाथ गर्दै अगाडी बढे नेपाली जनताले विश्वास खरेलले व्यक्त गरेका छन् । उनले भने, ‘हामीले जिताएर पठाएका सबै नेता जनप्रतिनीधि भ्रष्टचारी भए, बेईमानी भए । ईमान्दारीतापूर्वक काम गरेको भए सुशासन पार्टी खोल्नुपर्ने बाध्यता हुँदैन्थ्यो ।’
सुरक्षा क्षेत्रमार्फत समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका खरेलको संयोजकत्वमा स्थापित नेपाल सुशासन पार्टीले जनताकै सेवामा समर्पीत हुने पार्टीका उपाध्यक्ष राजकुमार यादवको भनाई थियो ।
महासचिव गोबिन्द गिरीले वीरगञ्ज चिनी कारखाना जस्ता अन्य उद्योग एवम् कलकारखाना स्थापना गरेर रोजगारी सृजना गर्न र उत्पादन बढाउन सुशासन पार्टीले पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘तराई मधेशमा राम्रा नेताहरु नजन्मिएका हैनन्, गजेन्द्रनारायण सिँह, रामराजा सिँह लगायतले तराई मधेशका लागि देखेका सपना अरुले पूरा गर्न सकेनन्, अब रमेश खरेल नेतृत्वको पार्टीले पूरा गर्छ ।’
रेमिट्यान्सले मात्रै देश समृद्ध हुन नसक्ने महासचिव गिरीको तर्क छ । उनका अनुसार जल, जमिन, जंगल, जडिबुटी, जनावर, जनशक्तिको सही सदुपयोग गरेमा मात्रै समृद्ध हाँसिल गर्न सकिनेछ ।
पर्सा जिल्लामै बसेर पूर्व न्याधिशको रुपमा काम गरीसकेका पार्टीका केन्द्रिय सचिव यज्ञ प्रसाद बस्यालल न्यायलयसहितका अन्य सरकारी कार्यालयहरु सेटिङ्गमै चल्दा जनता मारमा परीरहेको बताए ।
घोषणा सभाले पर्साको बिन्दवासिनी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मधुसुदन चौरसियाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । जिल्ला अध्यक्षमा चयन भएका चौरसियाले भ्रष्टाचारको भण्डाफोर गर्ने र सरोकारवालालाई खबरदारी गर्ने बताएका छन् । आफ्नो गाउँ, आफै बनाऔँ भन्ने ध्येयका साथ आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवारी दिने चौरसियाले बताए ।
सभामा केन्द्रिय समिति एवम् जिल्ला कार्य समितिले माटो समाएर देश र जनताकै सेवामा समर्पित हुने भन्दै सपत ग्रहण गरेका थिए ।