सिरहा, २४ फागुन । विवादका विच भएको नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशनको निर्वाचन परिणामबाट रामचन्द्र यादव पुनः ५ सय ३९ मतान्तरले सभापति निर्वाचित भएका छन् । मतदानकै क्रममा धाँदली भएको भन्दै सोमबार बेलुका निर्वाचन बहिस्कार गरेका अर्का सभापतिका उम्मेदवार रामसुन्दर चौधरी पक्ष मतगणणास्थलमा नआईपुगेपछि आज १२ बजेबाट सुरुभएको मतगणणाको परिणाम अनुसार रामचन्द्र यादव १ एहजार ४ सय २६ मत ल्याएर विजयी भएको हो ।
यादवका प्रतिस्पर्धि रामसुन्दर चौधरीले ८ सय ८७ मत प्राप्त गरेको जनाएको छ । जम्मा २ हजार ६ सय ५० मत मध्येत २ हजार ४ सय ७६ मत खसेको बताइएको छ ।
निर्वाचन अधिकृत लामासँग बदर र सदर मतको विषयमा बुझ्न पटक पटक सम्पर्क गर्दापनि उनी सम्पर्कमा आउन चाहेनन् ।
मतगणणा अधि निर्वाचन अधिकृत लामाले बहिस्कार गर्नेपक्षले खसेको मतको रेकर्ड र खाली मतपत्र समेत च्यातेकोले बाकसमै भएको मतनै सदर मान्नु पर्ने बताए । त्यसवेला उनले करिव २ हजार ३ सय ६० मत खसेको बताएका थिए । तर, बाकसबाट भने २ हजार ४ सय ७६ मत खसेको पाएको छ ।
अर्को पक्ष मतदानमै धाधली भएकोभन्दै बहिस्कर गरेर हिडेका थिए । उनलीहरुले धाधली भएको मत गणणामा बस्नुको अर्थ नरहेको भन्दै गणणा वहिस्कार गरेको छ । सभापति, उपसभापति, सचिव, सहसचिव सहित ७५ सदस्यको लागि भईरहेको मतगणणामा सभापति बाहेको बत गणणा जारी रहेको जनाएको छ ।

vacancy announcement