सिरहा, २१ फागुन । नेपाली कांग्रेस सिरहाको १४ जिल्ला अधिवेशन स्थान विवादका कारण देखिएको अन्यौल आजबाट अन्त्य भएको छ । गोलबजारमै गर्ने सहमतिपछि आज २१ गते अपहान्ह १ बजेसम्मलाई तोकिएको यमेद्वार मनोनय दर्ता परिमार्जन गरी भोली २२ गते विहान १० बजेसम्मलाई तोकेपछि अन्यौल हटेको हो ।
रामसुन्दर चौधरी प्यानलका नेताहरुले निर्वाचन २५ गते पछि गर्न र तत्काल निर्वाचन कार्यतालिका स्थगित गर्नुपर्ने माँग गर्दै आएको निर्वाचन अधिकृत संजिव लामाले जानकारी दिए । आफूले लिखित रुपमा सहमति वा केद्रिय निर्वाचन समितिबाट लिखित ल्याएमात्रै निर्वाचन स्थगित वा सार्ने अडान राखेपछि भोली सम्मलाई मनोनयको समय राखेर सहमति भएको लामाले जनाए ।
निर्वाचन अधिकृत लामाले भने, ‘घोषणा भएको निर्वाचन स्थगित वा सार्न केन्द्रको परिपत्र वा सर्वपक्षिय समहति भए केही गर्न समिने अन्यथा प्रकृयामा जानुपर्ने बाध्यता सुनाएपछि नेताहरु सहमतिमा आउनु भयो, अव तोकिएको समयमै निर्वाचन हुन्छ ।’
सहमति पछि बर्तमान सभापनि रामचन्द्र यादवले प्यानल सहित उमेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सभापतिको एउटा प्यानल र अरुपदका लागि छिटपुट उम्मेदवारी परेको बताइएको छ ।
रामसुन्दर चौधरीको प्यानलले भने भोलीमात्रै उमेद्वारी मनोनयन गराउने बुझिएको छ ।
निर्वाचन समितिले उमेद्वार मनोनयको समय शनिवार १ बजेसम्मलाई तोकेपनि सहमतिको नाममा नेताहरुले ढिलो गरेको भन्दै मतदाताहरुले होहल्ला गरेका थिए । कडा सुरक्षाका वीच पदमनारायण चौधरी सहितका नताहरुले भोलीसम्म मनोनाय गर्ने र २३ गते मतदान हुनेगरी सहमति भएको जनाएको छ ।