अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप २६ चैतबाट

    • फाल्गुन १८, २०७८
    • ४१३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    प्रकाश तिम्सिना

    सुनसरी, १८ फागुन / अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप प्रतियोगिताको २३औँ संस्करण आगामी २६ चैतबाट हुने भएको छ । धरान फुटबल क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २६ चैतदेखि ३ वैशाखसम्म आयोजना गर्ने जानकारी दिएको हो । धरान-१६ स्थित रङ्गशालामा हुने प्रतियोगितामा भारतको दुई क्लबसहित आठ टिम सहभागी हुने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।

    प्रतियोगितामा सम्भावित सहभागी टिमहरूमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीनवटा टिम रहेको पनि आयोजकले जनाएको छ । यस्तै, भारतका दुईवटा क्लब र मोफसलको अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ ।

    प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार पाउने छन् । 

    त्यस्तै आयोजकले प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार दिने व्यवस्था गरेको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउनेछन् । 

    सहभागी टिमहरूको निर्क्याेल भएपछि पुनः पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि अध्यक्ष राईले बताए । प्रतियोगितामा ६६ लाख आम्दानी हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको लागि यो वर्ष धरान उपमहानगरपालिकाले कुल १८ लाख बजेट दिने निर्णय गरेको छ । 

    गत वर्ष कोरोना महामारीको कारण प्रतियोगिता गर्न नसकिएको बताउँदै अध्यक्ष राईले यो वर्ष खेलप्रेमीहरुको विशेष अनुरोधमा आयोजना गर्ने हिम्मत गरेको पनि बताए । २०५५ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिता गत वर्ष पहिलो पटक रोकिएको थियो । अबका वर्ष भने निरन्तरता दिने आयोजकले बताएको छ । 
     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल