सुरेश राय
सिरहा, १६ फागुन । नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठले सिरहाको नरहा गाउँपालिका २ पानबारीमा निर्मित छुट्टाछुट्टै २ सामुदायिक भवन उद्घाटन र एउटाको शिल्यान्यास गरेको छ । गाउँ पालिकाकाले निर्माण गरेले पानवारी महरा टोल, सदाय टोलमा निर्माण भएको भवन उद्घाटन र लामा टोलमा शिल्यान्यास गरेको हो ।
उद्घाटन पश्चा नेता श्रेष्ठले यस्ता खालका विकास निर्माणका कार्यले स्थानिय लाभान्वित हुने बताए । विद्यालय, मठ मन्दिर र सामुदायिक भवन निर्माणले स्थानीय सवै वर्गका व्यक्तिहरुलाई फाईदा पुग्ने उनले बताए । उनले थप, ‘यस्ता खालका सामुदायिक पूर्वाधार निर्माणले स्थानीय सवैलाई राहत भएको छ । तर, सवैभन्दा बढी दलित गरिवहरुलाई फाईदा पुगेको छ ।’
उनले गाउँमा हुने विवाह, भोजहरुमा ठाउँ अभाव र बस्न समस्या हुनथालेकाले यस्ता खालका भवन निर्माणले सहज हुने बताए ।
नरहा गाउँपालिका २ पानवारी लामा टोलमा शिल्यान्यास गरिएको भवन निर्माणको लागि गाउँ कार्यपालिकाले ११ लाख विनियोजन गरेको प्रमुख प्रसासकिय अधिकृत सुजित कुमार यादबले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष रामशरण यादवले गरेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रदेश सासंद जगतारैन देवी साह, उपाध्याक्ष गुलाब देवी चौधरी, वार्ड नं. १ का अध्यक्ष अशोक साह लगाएतको उपस्थिति रहेको थियो ।