फाईल फोटो ।

काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् ।
आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए ।
उनले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको बताए।
उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे ।
सरकारले निर्लज्जताका साथ काम गरिरहेकोले इतिहासमा यो कलंकको रुपमा रहने बताए ।