सिरहा, १३ फागुन । गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले हिउँदे नगरसभाले चालु आर्थिक वर्षको कामको समिक्षा, सुधार र थप योजनाहरु बनाउन सहयोग पुग्न बताएको छ । नगर प्रमु साहले आज सम्पन्न छैठौं हिउँदे नगरसभाको उद्घाटन समारोहमा नगरले अहिले सम्म गरेको कामको प्रगति, सुधार गर्नुपर्ने योजना तथा विभिन्न निकायबाट थप भएका योजनाहरुको विषयमा छलफल गरी सभाले अनुमोदन गर्ने बताएका हुन् ।gbrr 274302049_2082322535266002_420160113455899696_n
मेयर साहले अहिले केही थप योजनाहरु आएकोले नगरसभाले त्यसलाई गहन छलफल गरी अनुमोदन गर्न सम्पूर्ण सदस्यहरुलाइ आव्हान गरे । उनलेभने, ‘हामी जारी कामको विषयमा पनि छलफल गछौं, थपीएका योजना पनि छलफल गरी पास गर्ने छौं ।’
सोही क्रममा मेयर साहले आफ्ना कार्यकालमा महत्वकांक्षि योजनाहरु आफूले सुरुगरेको जनाए । उनले जय गोविन्द साह स्मृति पोलिटेक्निकल इन्सिच्यूट, गोलबजार अस्पताल, गोलबजारलाई एकसुत्र बनाउने रिङ्गरोड, गोलबजार कवर्ड हल, गोलबजार खेल ग्रामजस्ता योजनाले गोलबजारको विकासमा एउटा उचाई थपिको बताए ।
जसमध्य कतिपय योजनाहरु पुरा भएको र कतिपय योजनाहरुलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको मेयर साहले जानकारी दिए ।
उनले जनप्रतिनिधी आईसकेपछि अहिले सम्म ३५ किलो मिटर कालो पत्रे, २२ किलो मिटर आरसीसी ढलान सडक, स्वास्थ्य चौकी, सुविधा सम्पन्न वर्थिङ्ग सेन्छटर, वडा कार्यालय भवन र नगर प्रशासनिक भवन निर्माण लगाएतका महत्वपूर्ण पूर्वाधार विकासको काम भएको जनाए ।
गोलबजार नगरपालिकाका प्रशासकिय प्रमुख अनन्त कुमार पौडेलले स्वागत गरेको नगरसभाको सञ्चालन नगर प्रवक्ता उमेश बरालले गरेका थिए ।