सिरहा, ११ फागुन । अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको माओवादी निकट युवा विद्यार्थीहरुले आज सिरहाको गोलबजारमा मशाल जुलुस प्रदर्शन गरेको छ । एमसीसी जस्तो राष्ट्रघाति सम्झौता नगर्न सरकार विरोधी चर्को नाराबाजी सहित युवा विदार्थीहरुले मशाल जुलुस प्रर्दन गरेको हो ।
जुलुस पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै अखिल क्रान्तिकारीका मधेस प्रदेश अध्यक्ष पुजन सिंहले एमसीसी कुनै हालतमा पास गर्न नहुने बताए । उनले नेपाल स्वतन्त्र मुलुक भएको भन्दै यस देशका संसदले राष्ट्रघाति सम्झौता गर्न नहुने बताए ।
सोही क्रममा वाईसीएल प्रदेश कमिटी सदस्य पवन साहले एमसीसी पास गरे देश विदेशीको चङ्गुलमा पर्ने बताए । उनले आफ्ना नेताहरुले यो विषय राम्रोसँग बुझेकाले संसदबाट पास नगर्नेमा आफू ढुक्क रहेको बताए । नेताहरुले पास गर्ने कोसिस गरे जनता चुप लागेर नबस्ने जनाए ।
कार्यक्रममा बैद्य निकट माओवादी निकट क्रान्तिकारी युवा संगठनका सम्भु साहले नेपाल कहिल्यै पराधिन भएको र अव पनि सकैको पञ्जामा पर्न नदिने बताए । उनले एक मुठि सास रहुन्जेल निपाली जनता यसको विरुद्धमा लडिरहने जिकिर गरे ।
जुलुश सयौंको संख्यामा युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।