सिरहा, १० फागुन । सशस्त्र प्रहरीको विशेष टोलीले सिरहाको लहानबाट नगद र ३ केजीभन्दा बढी चाँदीको गहना सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्वर ७ गण हेड क्वाटर सिरहाबाट खटिएको विशेष टोलीले लहान नपा ७ दुर्गामन्दिरबाट भारतको विहार राज्य, मधवनी जिल्ला, थाना राजनगर १२ का ३८ वर्षिय रन्जीत राय र उनको काका ६१ व्र्षिय लखन रायको साथबाट ३ केजी ५२ ग्राम चाँदीको तयारी गहना र नगद २० हजार भरतीय रुपैयाँ ५ सय १० रुपैयाँ नेपाली रुपैयाँ मंगलबार अपान्ह बरामद गरेको हो ।
बरामद गहना सहित दुवैजनालाई आजश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको नम्वर ७ गण हेड क्वाटर सिरहाका सूचना अधिकारी डीएसपी विनोद थापाले जानकारी दिए ।
उनीहरु सप्तरीको नाकाहुँदै दहान बजारमा गहना लिएर आईरहेको भन्ने विशेष सूचनाको आधारमा पिछा गर्दै पक्राउ गरी उनीहरुको साथबाट गहना बरामद गरिएको बताएको छ ।
उनीहरु पक्राउ परेको लहानको दुर्गामन्दीर सुनचाँदीको पसहरु रहेको क्षेत्र हो ।
यसरी जिल्लाका सवैजसो बजारहरुमा भारतीय चाँदीका गहनाहरु अवैधरुपमा आउने गरेको स्रोतले जनाएको छ ।