आशिष विश्वकर्मा
सिरहा, ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री उपेन्द्र यादवले मधेसमा आफ्नै विचार र नेतृत्व सहितको शक्तिशालि पार्टीको जरुरी रहेको बताए । सिरहाको औरही गापा ३ मा विहिवार चुनावलाई लक्षित गरी आयोजना गरिएको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै आजको अवस्थामा मधेसी, महिला दलित तथा पिछडावर्गको अधिकारको लागि आफ्नै विचार र नेतृत्व सहितको शक्तिशाली पार्टीको जरुरी रहेको बताएका हुन् ।
अरु दलमा रहेका मधेसी नेताहरुको हविगत सवैले देखेको भन्दै आफ्नै पार्टीमा समाहित हुन उनले आग्रह गरे । नेपाली काँग्रेमा लागेर कति नेता बुढा भए उनको अवस्था उस्तै रहेको र कम्यूनिष्टमा भएका मधेसीहरु धेरैमा चाटुकारमात्र भएको उनले आरोप लगाए । उनले आफ्नै शक्तिको अभावमा कुनै अस्तित्व नरहने जिकिर गरे ।
उनले आफ्नै पार्टीभित्रको विवादलाई लक्षित गर्दै अव मधेसीले रोपेको फलको बोट मधेसीले खान जानी सकेको व्याङ्यात्मक भनाई राखेका थिए । ‘जुन बोट मधेसीले रोप्छ, खाद, मल, पानी लाउँछ, हुर्काउँछ बढाउँछ, फलाउँछ भने अव त्यस बोेटको फल पनि अधेसीले नै खान्छ; अव रोप्ने, हुर्काउने र फलाउने मधेसीले र फल खाने टोपीको दिन गईसक्यो अव मधेसीले फल खान पनि जानेको छ ।’ उनलेभने भने, ‘अव टोपीको कमाई टोपीले खाउन, धोतिको कमाई धोतीले नै खान्छ ।’ सोही क्रममा यादवले आफ्नो विचार साम्प्रदायीक नभएको भन्दै भनाईको बचाउ गरे ।
त्यसको लागि सम्पूर्ण सोशित, पीडित, मधेसी जनता एक हुनुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।
मन्तव्यकै क्रममा नेता यादवले अहिलेको निर्वाचन प्रणालि एकदमै महगो भएको जिकिर गरे । ‘यो प्रणालि हाम्रो जस्तो गरिव देशमा उपयुक्त छैन; उनलेभने, ‘यो प्रणालिलाई बदलेर सामानुपातिक निर्वाचन प्रणालिमा जानुपर्छ ।’
पार्टी ले न उम्मेद्वारले खर्च गर्नुपर्ने खालको निर्वाचन प्रणालि हुनुपर्ने उनको माग रहेको छ । यस्तो खालको निर्वाचन प्रणालिले गरिव वर्गले चुनावमा भाग लिन नसक्ने उनको भनाई रहेको छ । त्यसैले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालिमा जानुपर्ने उनको तर्क रहेको छ ।
सोही क्रममा उनले नारिकता सम्साया समाधान गर्नुपर्ने बताए । ‘नेपालमा जन्मेका आमा र बुबाको जन्मसिद्ध नारिक्ता हुने, तर उनका सन्तानले नागरिक्ता पाउनु एक खालको अवराध हो । त्यसैले तुरुन्त नागरिक्ता विध्ययक तुरुन्त संशोधन गरी ती व्यक्तिहरुलाई नागरिक्ता दिनु गर्छु ।
नेता यादवले नेपालमा धेरै आन्दोलनहरु भएपनि त्यसले सत्ता परिवर्तन मात्र गरेको बताए । उनले मधेस आन्दोलनल,े मधेस विद्रोहले साशन प्रणाली नै बदलिदिएको दिएको बताए । उनले मधेस आन्दोलनले राजनीतिक प्रणाली नै फेरी दियो । त्यसैले मधेश आन्दोलनद्वारा प्राप्त अधिकारलाई रक्षा गर्दै थप अधिकारको लागि लड्न सम्पूर्णलाई आव्हान गरे ।
त्यसको लागि यो संविधान संशोधन गर्न जरुरी रहेको उनको भनाई रहेको छ । अन्तरिम संविधानमा दिएको अधिकार समेत यो संविधानले खोसेको भन्दै भेदभावकारी, प्रतिगमन कारी संविधान संशोधनको विकल्प नरहेको नेता यादवले जिकिर गरे ।
कार्यक्रममा पार्टीका दर्जनौ केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो । विभिन्न पार्टी परित्याग गरी पाँच सय बढी नेता कार्यकर्ता जसपा प्रवेश गरेको बताइएको छ ।