सुरेश राय
सिरहा, २ फागुन । अखिल नेपाल रास्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (अनुरास्ववियु) सिरहाको जिल्ला भेला आज गोलबजारमा समपनन भएको छ । भेलाले पछि कार्यभिवाजन गर्नेगरी ५१ सदस्य जिल्ल कमिटी चैन गरेको छ ।
भेलका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सद्स्य तथा सिरहा जिल्ला इन्चार्ज गंगा प्रसाद यादबले गठबन्धन सरकारले देशलाइ अलमलाउने काम मात्र गरिराखेको आरोप लगाए । उनले आवधिक निर्वाचन र कानुनी राज्यले समाजलाई सहि दिशा दिन सक्ने भन्दै तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताए । सोही क्रममा उनले भने रास्ट्रियता मजबुत बनाउन र स्वछ समाज निर्माण गर्न अनेरास्ववियु संगठीत हुन विद्यार्थीहरुलाई आव्हान गरे ।
पार्टिका जिल्ला अध्यक्ष चन्देश्वर मन्डलले राज्यले कुनै जनतामाथि मुद्दा लगाउँदा अवाज उठाउने संगठ्न अनेरास्ववियु रहेको बताए । उनले अहिलेको सरकार कसर आयो यसको पनि व्याख्या भइसकेको बताए ।
स्वागत मन्तब्यको क्रम्मा केन्द्रीय सद्स्य सतिशचन्द्र सिङ्हले अनेरास्ववियु संगठन कमजोर हुनुको कारन गठबन्धन सरकार रहेको बताए ।
जिल्ला संयोजक सतेन्द्र यादबको अध्यक्षतामा सम्पन्न जिल्ला भेलामा पार्टीका केन्द्रीय सदस्य रामपृत राम, जिल्ला उप–सचिब श्याम श्रेष्ठ, पुस्प्लाल पाखृन, सुर्यमान तामङ लगायतकोउपस्थिति रहेको थियो ।