सिरहा, २८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री शाशि श्रेष्ठ सरकार हरवाहा चरवाहा तथा कमैया मजदुरहरुलाई सोरोजगार बनाउने कार्यमा लागिपरेको बताए । सिरहाको बडियारपट्टी गाउँ पालिका ३ सदाय बस्तिमा पुगेर हरवाह चरवाह समस्या समाधान गर्न र उनीहरुलाई स्वरोजगार बनाउन मन्त्रालयले विभिन्न कार्यक्रमहरु ल्याउन लागेको बताए ।
उनले आफूले गरिखाने बर्गको समस्या नजिकबाट बुझेको भन्दै यसलाई दिगो समाधानको लागि अध्ययन समिति गठन गरेर काम थालेको बताए । उनले भने, ‘मैले धेरै सयम यस्तै गरिखाने वर्गकै धिकारको लागि काम गरें, त्यसैलेपनि मलाई केही समस्याहरु थाहा छ । समाधानको लागि पनि मन्त्रालय तत्पर रहेको बताए ।
विगतका सरकारले कमैया कमलरी मुक्तीको घोषणा गरेको भएपनि त्यो दिगो र समाधान मुखि नरहेको भन्दै, अव यहि अवस्थामा तपाईहरुलाई छोड्न नसकिने मन्त्री श्रेष्ठले बताए । उनले भने, ‘कुनै कालखण्डमा पछाडी पारिएको बर्ग समुदायलाई यही अवस्थामा सधैं छोड्न हुन्न । उनीहरुको आर्थिक सामाजिक र साँस्कृतिक रुपमा उत्थान गर्न जरुरी हुन्छ ।’
सोही क्रममा हरवाहा–चरवाहाको समस्या अध्ययन समितिलाई उनीहरुको समस्या जस्ताको तस्तै ल्याउन निर्देशन दिए । उनले ‘उहाँहरुको मुखबाटै सुन्नुस र जस्ताको तस्तै ल्याउनुहोला, त्यसपछि बुझेर समाधान गर्ने दिशामा जानु पर्छ ।’
सो क्रममा हरवाहा चरवाह अध्ययन समितिका संयोजक श्याम श्रेष्ठ, गणेश विक सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।