फाईल फोटो ।

सिरहा, २२ माघ । गोलबजार नपा २ को लालपुर डिपटूवेल पछिल्लो तीन वर्षदेखि सञ्चालनमा नआउँदा स्थानीय किसानहरु मर्कामा परेका छन् । अघिल्लो उपभोक्ता संस्थाले समयमा विद्युत महसुल नबुझाउँदा बन्द भएको डिपटूवेल अझै सञ्चालनमा नआउँदा किसानहरु मर्कामा परेका हुन् ।laxmi lugadhune sabun
बक्यौता विद्युत महसुल गोलबजार नगरपालिकाले बुझाईदिएपनि किसानहरुले अघिलो उपभोक्ता समितिले हिनामिना गरेको रकम नबुझाएसम्म डिपटूवेल चल्न नदिने किसानहरुले अडान राख्दै आएका छन् ।
स्थानीय किसान राजु पुलामीले लालपुर डिपटूवेल उपभोक्ता संस्थाका पूर्व अध्यक्ष रामस्वरुप महतोले किसानसँग उठाएको रकम हिनामिना गरेको आरोप लगाएको छ । उनले पूर्व समितिले किसानसँग सिञ्चाई गर्दा उठाएको महसुल रकम व्यक्तिगत रुपमा चलाएर डिपटूवेल बन्द गर्ने अवस्थामा पुर्याएको बताए ।
उनलेभने, ‘पहिलेको समितिको जिम्मामा १० वर्षसम्म डिपटूवेल चल्यो, त्यसवेला किसानसँग उठाएको हिसाव दिनुपर्ने ।’
बर्तमान लालपुर डिपटूवेल उपभोक्ता संस्थाका अध्यक्ष शुभनारायण चौधरीले अहिलेको अवस्थामा डिपटूवेल सञ्चालन गर्न नसकिने बताए । उनले पहिलो समितिले आफ्नो पालामा किसानसँग सिञ्चाई गरेबापत उठाएको रकम हिनामिना गरेको र सिचाईगर्न क्यानलहरु मर्मत गर्नुपर्ने भएकाले मर्मत नगरेसम्म सञ्चालन गर्न समस्या भएको बताए ।
उनले भने, ‘मलाई अध्यक्ष बनाएकै बेला पुरानो समितिको जिम्मा रहेको रकम एक सातामा बुझाउने भनेका थिए । महिना पुग्न लाग्दा पनि बुझाएको छैन, रकम नआएसम्म चल्न नदिने ।’
अहिले गहुँको सिजन भएकाले किसानहरुको गहुँ सिचाईगर्न नपाउँदा विगरिन थालेको बताएका छन् । लालपुरका किसान सहेन्द्र यादव गहुँ पटाउन नपाएकोमा दुःखि गरेकाछन् ।
यता उपभोक्ता संस्थाका पूर्व अध्यक्ष रामस्वरुप महतोे ‘हामीले जे गर्यौं त्यो गल्ती भयो नयाँ समितिले राम्रोसँग चलाउनु’ भन्दै पन्छिए । उनले आफ्नो पालाका किसानसँग उठेका महसुल रकमको विषयमा भने केही बताएनन् ।
डिपटूवेल भुमिगत जलस्रोत कार्यालय लहानले एक दशकभन्दा पहिला करोडौंको लगानीमा जडान गरेका स्थानीय किसानले बताए । यो ट्यूवेलले २० विगमहाभन्दा बढी जमिन सिञ्चाई गर्दै आएको थियो ।

pk-farnichar GBR