सिरहा, २२ माघ । हिउँदे वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँ भन्दा बढी मूल्यको बराबरको ५ करोडभन्दा बढी पकाउन ठिक्क परेको काचो इँटा गलेको छ ।
बिहीवारदेखिको वर्षाका कारण पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटामा क्षति पुगेको इँटा उद्योग व्यवसायी संघका सिरहा जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य विक्रम साहले जानकारी जानकारी दिए ।
सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको ५ करोड भन्दा बढी इँटा पूर्णरुपमा नष्ट हुँदा १५ करोड रुपैयाँ बराबरको क्षति भएको उनले बतए । उनले आफ्नै उद्योगमा मात्र ४५ लाखभन्दाबढी मूल्यको इँटा गलेबो बताए । एउटा इटा फर्माबाट निस्किदासम्ममा ३ रुपैयाँ लागत पर्ने व्यवसयाीहरुको भनाई रहेकोछ ।
पकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटामा हिउँदे वर्षाले कारण गलेको संघका कोषाध्यक्ष रामसगुन यादवले जानकारी दिए । उनका अनुसार एउटा उद्योगमा तयारी अवस्थाका ५ रहेको देखि १५ लाखसम्म इँटा गलेर क्षति भएको छ । आफ्नै उद्योगमा समेत ८ लाख भन्दा बढी इँटा कामै नलाग्ने गरी गलेको सुनाए ।
हिउँदे वर्षाले सबैभन्दा धेरै गोलबाजर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । यसले व्यसायीहरु ठूलो मारमा परेको बताउँछन् ।