सिरहा, २० माघ । सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको सडक बन्दका कारण पूर्व–पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन हुन सकेको छैन । किसान हकहितका लागि भन्दै गरिएको आन्दोलनको क्रममाआज गरेको मधेश प्रदेशको सडक जामले सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा सहज यातायात सञ्चालन हुन नसकेको हो ।
राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व–पश्चिम जाने आउने लामो दूरीका सवारीसाधन सहज चल्न सकेको छैन । जिल्लाका विभिन्न स्थानमा जम्मा भएका सवारी साधनहरु प्रहरीले स्कटिङ् गरेर गन्तव्यतर्फ पठाई रहेका छन् ।
राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले गोलबजार र मिर्चैयाबाट करिव १० जना जनमत पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ । जमतका कार्याकर्ताले ठाउँ ठाउँमा टायर बालेर सडक अवरुद्धगर्न प्रयास गरेकोछ ।
जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ ।