श्यामल कुमार गिरी
बारा, १६ माघ । बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुरले छरिएर रहेका साना साना पूँजिलाई एकीकृत गरि ठूलो पूँजीमा प्ररिणत गरि समुदायलामा आर्थिक सशक्तिकरण गर्नु नै सहकारीको मुख्य धेय रहेको बताए । कलैया उपमहानगर पालिका ५ मा रहेको जीवन सहारा बचत तथा ऋण सहकारी लिमिटेडको ११ औं साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष ठाकुरले छरिएर रहेको पूँजीलाई एकीकृत गर्नु र त्यसलाई सोही समुदायमा आर्थिक उपार्जनको लागि परिचालन गर्न सकिए सहकारीको मर्मपुरा हुने बताएका हुन् ।
उनले अवको दिनमा सहकारीको महत्व झन बढेर गएकोले यसलाई पारदर्शी र नियमसँगत ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
साधारण सभामा सहकारीको बार्षिक दुई करोड ९० लाख ६६ हजार दुई सय ६३ रुपैया ७२ पैसा आयव्यय संस्थाका अध्यक्ष रामअधारले प्रस्तुत गरेका थिए ।
सहकारीका उत्कृष्ट बचतकर्ता अमजद हुसेन र उत्कृष्ट ऋणी आकाश कुमार साहलाई प्रमुख अतिथि ठाकुरले अविर टीका र दोसला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रभु प्रसाद यादवले गरेकोमा उपाध्यक्ष रामनारायण यादव, कोषाध्यक्ष मो. स्वयब मसुर, रम्भा देवी, फरमुल्लाह मंसुर, गिता देवी, व्यवस्थापक सुनिल यादव लगायत शेयर धनिहरूको सहभागिता रहेको थियो ।