सुरेश राय

सिरहा, १५ माघ । नेकपा एमाले निकट युवा संगठनले सिरहाको गोलबजारमा सरकार विरोधी विभिन्न नारा सहित विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ सिरहाको आयोजनामा स्थानीय भएको प्रदर्शनमा स्थानिय तह निर्वाचनको मिति घोषणा, मन्त्री रेणु यादवको राजीनामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण लगायतको माँग गरेका थिए ।
प्रर्दनको क्रममा संघले लिपुलेक लिम्पिया धुरा हाम्रै हो, किसानलाई समयमै मलखाद उपलब्ध गराउन माँगगरेको छ ।
प्रदर्शन पछिको कोणसभामा संघका प्रदेश सचिव बैजनाथ साहले एक हप्ताभित्र मन्त्री रेणु यादवलाई वरखास्त गर्न माग गरेको छ । उनले तत्काल मन्त्री यादवलाई वरखास्त नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
कोणसभालाई जिल्ला अध्यक्ष इन्देश राउले समेत सम्वोधन गरेका थिए ।