आशिष विश्वकर्मा / सिरहा १५ माघ । सिरहाको गोलबजार नपा १० को घुर्मिघाट र धर्मपुरमा खानेपानीको आयोजना बन्ने भएपछि स्थानियहरुखुशीले गदगद भएका छन् । खाने पानीको अभाव झेलिरहेका यहाँका जनता गोरखा बेलफेयर ट्रष्ट र स्थानीय जनश्रमदानमा एक करोड ६० लखभन्दा बढीको लागतमा खाने पानीको आयोजना बन्न थालेपछि स्थानीय खुसि भएका हुन् ।
घुर्मीघाट देउराली खानेपानी उपभोक्ता समितिमार्फत ९७ घरधुरीकालागि ७५ लाख ७२ हजार एक सय ३५ रुपैयाँ र धर्मपुर खानेपानी उपभोक्ता समितिमार्फत १ सय पाचँ घरधु्ीकालागी ८४ लाख ६७ हजार ८ सय ४९ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएकोे गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले जानकारी दिए ।khanepani 1

उनले गोरखा बेलफेयर ट्रष्ट नेपाल व्रिटिस संस्थाले नगरपालिकासँगको समन्वयमा करिव दुइसय भन्दाबढी घरधुरीलाई “एक घर एक धारा” योजना सहितको कार्य अगाडी बडाएको जनाए । उनले यहाँ यो योजना आईपुग्नुको संयोग सुनाए । उनले दुईवर्ष अघि नाकको उपचारको क्रममा धरान गएका वेला त्यही संस्थाका प्रमुखसङ्ग होटलमा खानाखाने क्रममा चिनजानभएपछि आफूले आफ्नो नगरपालिकामा निम्तो गरेको बताए । उनलेभने, ‘होटलमै चिनजान भयो, उहाँले पनि हामी शुद्धपीउने पानीको क्षेत्रमा काम गर्ने बताए, मैलेपनि त्यही आफ्नो पालिकामा निम्तो गरें, नभन्दै उहाँ आउनु भयो, नगरसँग सम्झौता भयो र आज काम पनि सुरु भएको छ ।’
यो योजनाले यसक्षेत्रका जनताले ठूलो राहत महसुस गरेको पनि मेयर साहले सुनाए ।
मंसिर २९ बाट सुरुगरेर ७० दिनमा योजना सम्पन्न गर्ने टार्गेटको साथ काम भईरहेको आयोजनाका सुपरभाईजर सवइन्जिनियर आशिष चौधरीले बताए । उनले अहिले सम्म सवैघरहरुमा धारा निर्माणको काम सम्पन्न भईसकेको बताए । अव धर्मपुरमा ओभरहेड ट्याङ्क र बोडिङ्ग जडाको कामबाँकी रहेको बताए । घुर्मिघाटका धेरै योजनाहरु सम्पन्न भईसकेकोले अव फिनिसिङ्ग र वायरिङ्गको काम बाँकी रहेको सवइन्जिनियर चौधरीले बताए । उनले अहिलेसम्ममा ४० प्रतिशत काम पुरा भएको जनाए ।
उनले यो योजनाले आगामी २० वर्षसम्म यहाँको जनसमूदायलाई पानी आपुर्तिगर्न सक्नेगरी डिजाईन गरेको सवइन्जिनियर चौधरीले सुनाए ।
टाढा टाढाका इनार र खोला खोल्सीको पानीले जीविका धानीरहेका यहाँका बासिन्दाले खाने पानीको आयोजना बन्ने भएपछि दैनिक रुपमा श्रमदान गरिरहेको धर्मपुर मगरटोल खानेपानि उपभोक्ता समितिका अध्यक्ष डिक बहदुर थापाले  जनाए । उनले भन्ने, धर्मपुर र घुर्र्मीघाटको योजनामा संस्थाको तर्फबाट दुइटा योजनाकोलागी करिव १ करोड ५५ लाख भन्दाबढीरकम व्यहोरेको छ भन्ने स्थानीय लाभग्राहीहरुले ३२ लाख भन्दाबढी मुल्य बराबरको श्रमदान गरीरहेको आयोजनाका सुपरभाईजर सवइन्जिनियर आशिष चौधरीले बताए ।

पूर्व पश्चिम राजमार्गदेखि करिव ६ किलोमिटर उत्तरमा घुर्मिघाटका ९७ घरधुरी र धर्मपुरका एक सय ५ घरधुरीका लागि छुट्टाछुट्टै योजना बनिरहका छन् । याहाँ मधेसी, दलित , जनजाति लगायतका वस्ति रहेको छ । उनीहरुले अहिले घर घरमै धारा पुग्ने भएपछि दिनरात श्रमदान गरिरहेका छन् । दैनिक आवश्यकताको आधारमा १५ देखि २५ जना सम्म स्थानियले श्रमदान गरिरहेको स्थानिय सुक बहादुर थापाले जानकारी दिए । उनका अनुसार केही प्राविधिक बाहेक सवै काम स्थानीयले श्रमदानमार्फत गरिहेका बताए ।
स्थानीय लाभग्राहीहरुको भरपुर सहयोगका कारण छोटो समयमा योजना सम्पन्न हुनलागेको स्थानिय अगुवा तथा नेता भतm बहादुर थापा मगरले बताए । उनलेभने, ‘धेरै ठाउँमा योजना परेर पनि स्थानीयलाई चाँसो हुँदैन तर यहाँ दिन रात हामी स्थानीयहरु योजना सफल बनाउन लागिरहेका छौ , त्यसैले पनि यो योजना चाँडो सकिन लागेको हो ।
खाने पानी आयोजनाको लागि धुर्मिघाट र धर्मपुर मगरटोलमा २० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्क निर्माण गरिएको छ ।
सिरहाको उत्तरवर्ति चुरेसँग जोडिएका लहान, धनगढीमाई नपा, गोलबजार नपा, मिर्चैया नपा तथा कर्जन्हा नपाका वासिन्दा अझैपनि खानेपानीको समस्या झेलिरहेका छन् ।