श्यामल कुमार गिरी
बारा, १४ माघ । करैयामाई गाउँ पालिकाका उपाध्यक्ष चित्रलेखा चौधरीले महिलाहरलाई आर्थिक उपार्जनमा सहभागी गराउन सके जीवन अझ सहज हुने बताएको छ । गाउँ पालिकाले महिलाहरुलाई आर्थिक उपार्जनमा सहभागी बनाउने उदेश्य सहित आयोजना गरेको ३ महिने सिलाई कटाई तालिमको उद्घान गर्दै उपाध्यक्ष चौधरीले घरायसी कामसँगै महिलाहरु आर्थिक उपार्जनमा लागे जीवन सहज हुने बताएको हो ।
उनले महिलाहरु अव देश हाक्ने अवस्थामा पुगिसकेको भन्दै गाउँ घरका महिलाहरुपनि आफूलाई सक्षम बनाउन जरुरी रहेको बताए । उपाध्यक्ष चौधरीले यो सानो तालिमले ठूलो सपना देख्न महिलाहरुलाई सिकाउने पनि बताए ।
‘सिप सिकौ आत्मनिर्भर बना’ मुल नाराका साथ करैयामाई गाउंपालिका ७ का २७ जना महिलाहरुलाई ३ महिने सिलाई काटाइ दिन लागिएको पालिकाले जनाको छ ।
उद्घाटन कार्यक्रममा करैयामाई गाउँ पालिका प्रशासकीय अधिकृत उदय शंकर चौधरीले गरेका थिए भने प्रशिक्षक तारा कुमारी शार्मा गर्दै छिन ।
उक्त कार्यक्रममा सहभागी नेपाली काँगे्रसका गापा साभापती मुखतार महमद अंशारी, बिजय चौधरी , लगाएत बुद्धिजीवी, महिलाहरुको उपस्थिति थियो । मानव कल्याण जिल्ला समिति देवताल ४ बारा ले आयोजना गरेको कार्यक्रमलाई सहयोग करैयामाइ गाउँ पालिकाको रहेकोछ ।