चार दिनदेखि अत्यधिक बढेकाे चिसोले मधेश प्रदेशकाे जनजीवन प्रभावित 

    • माघ ५, २०७८
    • ५६३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, ५ माघ । पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेकाे छ । चिसोको कारण  तीन जनाको मृत्यु भएको छ ।laxmi-lugadhune-sabun 3 pk-farnichar

    चिसोको कारण बिरामी हुनेको संख्या उच्च रहेको छ । प्रदेशिक अस्पताल जनकपुर र यहाँका निजी हस्पिटल तथा निजी क्लिनिकहरूमा बिरामी भएर आउनेको संख्या बढी देखिएको प्रदेशिक अस्पताल जनकपुरमा कार्यरत  चिकित्सक केडी दासले बताए । 

    उपचारका लागि चिसो कारण स्वास प्रस्वासमा समस्या भएका, हाड जोर्नी दुख्ने, रुघाखोकीलगायतका बिरामी बढी आउने गरेको उनले बताए ।  निजी क्लिनिकहरुमा चिसोले बिरामी भई आउने बालबालिकाको संख्या बढिरहेको छ । चिसोमा शारीरिक गतिविधि कम हुने भएकोले खानपिन बढी, तौल बढने लगायतका कारण रक्तचाप, र मधुमेहको जस्ता रोगको समस्या बढी हुने उनले बताए । 
    यसैबीच, अत्यधिक चिसो बढेपछि जनप्रतिनिहरुले ठाँउ ठाउँमा दाउरासमेत वितरण गरेका छन् ।  जनकपुरधाम उपहमनगरपालिका- १ एक वडा अध्यक्ष सत्रुधन साहले चिसो कारण वडाभित्र दाउरा वितरण गरेकाे बताए । चिसो छल्न आगो ताप्ने क्रममा आधा दर्जनजति मानिस घाइते भएका मधेश प्रदेशका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

    त्यसैगरि, चिसो बढेपछि मधेश प्रदेश सरकारले गरिब विपन्नहरूलाई कम्बल वितरण गरेको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताए । मन्त्री साहका अनुसार प्रदेश सरकारले पहिलो चरणमा दुई हजार १०० कम्बल वितरण भइसकेको छ भने दोस्रो चरणको लागि खरिद भइरहेको छ ।

    केही दिनअघि  मधेश प्रदेश सरकारले चिसो र कोरोना भाइरसको रोकथाक तथा औषधि उपचारमा सहज प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतले पनि सबै सरोकारवाला निकायलाई निर्देशनसमेत दिएका थिए । 

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    चेत्र १५ बाट सातौं ग ...

    सिरहा, १४ चैत। गोलबजार नगरपालिकाको आयोजनामा सातौं गोलबज ...

    कर्जन्हा नगरपालिकाका ...

    सिरहा १४ चैत । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मे ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल