रेडियो समाद १५ औं बर्षमा प्रवेश

    • माघ ५, २०७८
    • २१९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, ५ माघ । सिरहाका पहिलो सामुदायिक रेडियो समाद एफ एम १०२.६ मेगाहर्ज आजबाट १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश गरेको छ । ‘हाम्रो रेडियो हाम्रो अवाज, आवाज विहिनहरुको आवाज’ भन्ने मुलनारा सहित २०६४ माघ ४ गतेबाट लहान नगरपालिका १ को कृष्णाटोलबाट प्रसारणमा आएका रेडियोले स्थानीय भाषा, धर्म, संस्कृत, पहिचानलाई जगेर्ना गर्न महत्वपूर्ण भुमिका खेलेको छ ।

    कृषि, शिक्षा, पर्यटन प्रवर्द्धनलाई संरक्षण सम्बर्द्धन गर्न का साथै विभिन्न कार्यक्रम र स्थानीय भाषाका समाचारलाई प्रमुख प्राथमिकतामा राखी प्रसारणको कार्यलाई तीब्रता दिंदै आईरहेको छ । प्रकृतिका साथीहरूद्धारा संचालित रेडियोले नेपाली, मैथिली, थारु, हिन्दी, भोजपुरी लगायतका भाषाको गीत संगीतको माधयमबाट स्रोतालाई मनोरंजन प्रदान गर्दै आईरहेको छ । रेडियोले थारु, नेपाली, मैथिली भाषामा म्यागजिन फोर्म्याटका कार्यक्रम उत्पादन गरी जनचेतना फैलाउने कार्यलाई निरंतरता दिदै आईरहेको स्टेशन म्यानेजर रामानन्द चौधरीले बताएका छन् ।

    सय वाट क्षमता भएको रेडियोले नेपालको सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा र छिमेकि मुलुक भारतको बिहार राज्य लगायतका जिल्लाहरुमा सुन्ने गरेको गरेको छ । रेडियो अनलाईन मार्फत पनि देश विदेशमा रहेका अधिकांश नेपालीहरुको मन जित्न सफल भएको प्रशासन शाखा प्रमुख अनिल चौधरीले बताए ।

    pk-farnichar

    इच्छा अधुरै रह्यो ...

      अमृता लम्साल मलाई उहाँसँग पर ...

    मधेश प्रदेशका मुख्यम ...

    जनकपुरधाम, ४ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    रवि लामिछानेले सहकार ...

      काठमाडौं, ३ बैशाख। बुटवल ...

    भारतीय चुनावआयोगले ४ ...

    काठमाडौं, ३ बैशाख। भारतमा लोकसभाको निर्वाचन शुरु हुदै ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल