शिक्षा विकास तथा समन्वय इकाई सिरहामा अनियमितता भएको छ ः शिक्षक संगठन

    • माघ ४, २०७८
    • ८५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा ४, माघ । शिक्षा विकास तथा समन्वय इकाई सिरहामा व्यापक रुपामा अनियमितता भैरहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिती सिरहाले आरोप लगाएको छ । संगठनमा आवद्ध शिक्षकहरूले सोमबार सिरहाको नेपाल रेडक्रस सोसाइटी चोहर्वामा गरेको पत्रकार सम्मेलनमा समन्वय ईकाईका प्रमुखले ऐन नीयम मिचेर मनमाना गरेको बताएका हुन् ।laxmi-lugadhune-sabun 3
    शिक्षा विकास तथा समन्वय इकाई सिरहाका इकाई प्रमुख शशी कुमार यादव हाजिरी भएको दिनदेखि जिल्लाका शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको सम्मेलनमा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ । ‘शिक्षामा सिरहा जिल्लाको अवस्था दिनानुदिन खस्किरहेको छ ।, यसमा धेरैरक तत्वहरु छन् ।, त्यस मध्ये प्रमुख कारक तत्व इकाई प्रमुख यादव रहेको जारी बिज्ञप्तिमा उल्लेको छ ।
    इकाई प्रमुख यादवले विधि प्रक्रिया विपरित शिक्षकहरुलाई जिल्लान्तर आन्तरिक सरुवा गरेको, कक्षा ९ का रजिस्ट्रेशन र कक्षा १० को एसईई फर्म बापत राजस्वभन्दा प्रती विधार्थी २० रुपैयाँको दरले बढी रकम लिई लाखौं रकम दुरुपयोग गरेको, विभिन्न प्रकारको सरुवा बापत दाखिला गर्नुपर्ने राजस्व शुल्क दुरुपयोग गरेको, दर्ता चलानी फेर्ने र लुकाउने गरेको, एकै आर्थिक वर्षमा फरक फरक चलानी किताव प्रयोग गरेको, नियम विपरित इकाईमा कर्मचारी भर्ना गरेको, वालविकास कोटाहरु सिधै विद्यालयलाई वितरण गरी व्यापक अनियमितता लगायतका आरोपहरु उनिहरुका छन् ।
    विभिन्न प्रभावमा सरुवा गर्दा अपनाउनु पर्ने प्रकृया समेत नअपनाई मनमाना ढङ्गले सरुवा गरिदिने, कनिष्ट शिक्षकलाई प्र.अ को जिम्मेवारी दिनेजस्ता कार्यगरेर शिक्षा क्षेत्रलाई गम्भिर आघात पुर्याएको संगठनले आरोप लगाएको छ ।
    जिल्लामा शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रम जारी रहेको शिक्षकहरुले बताएका छन् । इकाईमा भैरहेको भ्रष्टाचार र बेतिथी अन्त्य गर्न सरोकारवाला निकायले सत्यतथ्य छानबिन गर्नुपर्ने, भ्रष्टाचगरीलाई आवश्यक कानुनी कार्वाही गर्नुपर्ने लगायतको माँग समेत छ । माग पूरा नहुन्जेल सम्म आन्दोलनका कार्यक्रम जारी नै रहने संगठनका जिल्ला अध्यक्ष तथा आ. वि. लरकनहाका प्रधानाध्यापक शिवराज यादवले बताए ।
    जिल्लामा शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रम जारी रहेको शिक्षकहरुले बताएका छन् ।

    pk-farnichar

     

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    तराईमा पाँच दिनसम्म ...

    सिरहा, १० बैशाख। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम ...

    गोलबजारमा विशेषज्ञ स ...

    सिरहा, ९ बैशाख। मिर्चैया नगरपालिकाका मेयर श्रवन कुमार य ...

    दलीय राजनीतिमा सक्रि ...

    काठमाडौ, ९ बैशाख। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल