जनकपुर, ४ माघ । आज ‘मधेश प्रदेश’ मा सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले मंगलबाजर आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो ।
सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो ।