नेता–मन्त्री नै भीड जम्मा गर्दै, कोरोना जोखिम बढाउँदै

    • माघ ३, २०७८
    • ५३६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जसपाले धनुषाको मुखियापट्टी मुसरहनियामा आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम।
     

    कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आदेश जारी गरेको छ। तर, सत्तारुढ दलकै नेता, मन्त्री र मुख्यमन्त्रीहरु सरकारी निर्णयको धज्जी उडाउँदै दैनिक भीड जम्मा गरिरहेका छन्।

    प्रदेश २ मा पनि दैनिक कोरोना संक्रमणको उकालो लाग्दै छ। महामारीले भयावह रुप लिएकाे छिमेकी मुलुक भारतसँग सीमा जाेडिएका कारण पनि प्रदेश २ संक्रमणको उच्च जोखिममा छ। 

    यसलाई मध्यनजर गर्दै गत बिहीबार प्रदेश २ सरकारको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो। बैठकमा मुख्यमन्त्री लालबाबु राउत ओमिक्रोन भेरिएन्टसँग लड्न तयारी अवस्थामा रहन सुरक्षा तथा मातहतका निकायलाई निर्देशन दिएका थिए। ​

    केन्द्रीय मन्त्रिपरिषद बैठकले कोराेना नियन्त्रणका लागि भने माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गराएकाे छ। यस्तै २५ जनाभन्दा बढी भेला हुन राेक लगाएकाे छ। 

     

    तर त्यो निर्णयको धज्जी उडाउँदै सरकारका घटक जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री राउतसहितकाे उपस्थितिमा ठूलाे भीड जम्मा गरी पार्टी प्रवेश कार्यक्रम गराइएकाे छ। 

    आइतबार देशकै होचो स्थान धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिकामा ठूलाे भीड गरेर जसपाले पार्टी प्रवेश कार्यक्रम गरेको हो।  कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मन्त्री रेणु यादव, मुख्यमन्त्री राउतसहित १२ जना शीर्ष नेताले कांग्रेस र एमालेका कार्यकर्ता जसपामा प्रवेश गराएका छन्।

     

    सरकारले लागू गरेको मापदण्ड कुल्चिँदै  सत्ताघटक दल र मन्त्री तथा मुख्यमन्त्रीले आफैँले कार्यक्रम गर्न थालेपछि प्रदेश २ मा कोरोनाको जोखिम झन् बढेको स्थानीय बताउँछन्। यसरी नै भीडभाड गरी सभा-सम्मेलन जारी राखे भोलिको दिनमा प्रदेश २ सहित देशैभर कोरोना संक्रमणको अवस्था भयावह हुने खतरा देखेर स्थानीय चिन्तामा परेका छन्।

                                                                                              - नेपालखवरबाट । 

    फिल्म ‘आँखा’को फर्स् ...

      काठमाडौं, १५ बैशाख। निर्देशक जौन योञ्जनले न ...

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल