सिरहा, २८ पुस । डिमिभजन वन कार्यालय सिरहा लहानले अबैधरुपमा ओसार पसार गरी ल्याउदै गरेको सालको काठ सहित साइकल बरामद गरेको छ । डिभिजन वन कार्यालय लहान र सव सब डिभिजन वन कार्यालय चोर्हवाबाट खटिएको बव कर्मचारीहरुले गोलबजार नपा १० बुद्धचोकबाट ८ थान सालको फेन्टा र ४ थान साइकल बरामद गरेको हो ।
विशेष सुचनाको आधारमा त्यहाँ पुगेका वन कर्मचारी देखेर तस्करहरु फरार भएको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताए ।
अन्र्तगत रहेको वन क्षेत्र भित्र अबैध रुपमा राती ३ बजेको समयमा साईकलमा लोड गरी ल्याउदै गरेको अबस्थामा पक्राउ गरेको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताउनु भयो । उनले आज विहान ३ बजेनै त्यहाँ वन कर्मचारी पुगेपनि तस्करहरुले त्यहाँबाट भाग्न सफल भएको बताए ।
चुरे पहाडबाट नियमित अबैध रुपमा चोरी निकासी गर्दै ल्याईएका काठहरु गोलबजार, चोहर्वा, आसपासका फर्निचर, सःमिलहरुमा बेच्ने गरेको बताइन्छ ।