विशाल बस्नेत

महोत्तरी, २७ पुस । नेकपा एमाले महोत्तरीको जिल्ला आयोजक कमिटी सदस्य टुङ्याउन आज बसेको बैठकमा एउटा समूहले सपथग्रहण गराएको छ भने अर्को समूह बाहिरिएको छ  ।

जिल्लामा एमालेका चार जना केन्द्रिय सदस्य मध्य बुधिनिदेवी र रामदयाल मण्डल समूहले २ सय जनाको जिल्ला आयोजक कमिटी निर्वाचित गरि सपथ ग्रहण गराएका छन् । laxmi-lugadhune-sabun 2

तर केन्द्रिय सदस्य सरोज यादव र टेक बहादुर बलाम्पाकी भने आयोजक कमिटीको नाम सूचिमा आफूखुसी हेरफेर गरेको भन्दै हलबाट बाहिरिएका छन् ।

`पाटीको विधि र बिधानअनुसार सबैजना प्रक्रियामा चल्नुपर्छ अन्यथा त्यो वैधानिक हुँदैन' केन्द्रिय सदस्य सरोज यादवले भने ।

यता रामदयाल मण्डल समूहले भने आयोजक कमिटी पाटीको विधि र वैधानिक प्रक्रियालाई आत्मासाथ गरि निर्वाचित गरिएको दाबी गरेको छ ।

बहुमतवाट नै बैठकमा पेश गरिएको नामावाली पारित भएको भन्दै केन्द्रिय सदस्य बुधिनी देविले सपथ खाएको २ सय जना नै जिल्ला अधिवेशनको लागी आयोजक कमिटी बनेको जानकारी दिइन् ।

उन्ले स-इन्चार्ज समेत रहेका सरोज यादवले हलमा सदस्यता नै नभएका व्यक्तिहरु ल्याएर हो-हल्ला गर्न लगाएको आरोप लगाइन् । 

पाटीभित्र रगत पसिना बगाएका संगठित सदस्यलाई मात्र स्थान दिनुपर्ने जिकिर गर्दै केन्द्रिय सदस्य बुधिनिदेविले भनिन् `स-इन्चार्जले चाहँदैमा केही हुँदैन हामीले गहन  छलफलपछि नै नाम पारित गरेका हौं ।'

केन्द्रीय सद्स्य टेक बहादुर बलाम्पाकीले पनि पोलिटब्युरो सदस्य रामदयाल मण्डल र बुधिनिदेविले छलफलबिना आयोजक कमिटी बनाएको आरोप लगाए ।

आयोजक कमिटीमा समावेश गरेका नामहरुप्रती असन्तुष्ट जनाउदै बलाम्पाकी पनि सरोज यादवसँगै हलबाट बाहिरिएका थिए ।

समझदारी र छलफलवाट नै आयोजक कमिटी टुङ्याउनु पर्ने केन्द्रीय सदस्यद्वय यादव र बलाम्पाकीको अडान छ । तर रामदयाल मण्डलले भने सपथग्रहण गराएकै समूह अधिवेशन  आयोजक कमिटी भएको बताएका छन् ।

स-इन्चार्ज र अध्यक्षको स्विकृतिबिना केहीपनि नहुने बताउँदै असन्तुष्ट यादवले केन्द्रबाट पनि स्थगित गर्न निर्देशन आएको दाबी गरेका छन् ।

सरोज यादव अहिले जिल्लाका स-इन्चार्ज हुन भने टेक बहादुर बलाम्पाकी अध्यक्ष हुन् ।  नेकपा एमाले महोत्तरीमा देखिएको मतबिभाजनले ५ माघ र ६ लाई निर्धारण गरिएको अधिवेशन नै बिथोलिन सक्नेतर्फ कतिपय नेताहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् ।

आयोजक कमिटी बनाउन असमझदारी र गुट-उपगुटका कारण यति धेरै भाडभैलो भैइरहदा प्रतिनिधि चयनदेखी जिल्ला अधिवेशन गर्नमा समेत नेकपा एमाले महोत्तरीमा ठूलै सकस पर्ने देखिएको छ ।

pk-farnichar