सप्तरी, २६ पुस । सप्तरीको रुपनीसमा रहेको विशाल इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।laxmi-lugadhune-sabun 2
पर्खाल जिउमा खसेर गम्भिर घाइते सप्तरी जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदाको उपचारको क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो । घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काप्लेले जानकारी दिए ।
घाइतेहको अस्पतालमा उपचार भइरहेको प्रवक्ता काफ्लेले भनाई रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

pk-farnichar