- सुरेश राय
सिरहा, २६ पुस । नेपाली सेनाले चिसो प्रभावित विपन्न परिवारलाई न्यानो कपडा सहितको राहत प्रदान गरेको छ । नेपाली सेनाको श्री न.ं२७ बाहिनी अडा र बहादुर श्री शेर गण, चोहर्वा व्यारेकले लागातार वढिरहेको चिसो हावासँगैको सितलहरबाट प्रभावित सिरहाको गोलबजार नपा ११ का २ सय घर परिवारलाई न्यानो कपडा सहितको राहत हस्तान्तरण गरेको हो ।
सितलहरबाट प्रभावित ८० जना एकल महिलाको परिवारलाई खाद्यान्न समाग्री, कम्वल, ज्याकेट, ब्याङ्केट लगाएतका न्यानो कपडा प्रदान गरिएको बहादुर श्री शेर गण चोहर्वाका सहायक रथी हेम राज केसिले जानकारी दिए । जाडो प्रभावित विपन्न तथा गरिव १ सय २० परिवारवारलाई न्यानो कपडा प्रदान गरिएको रथी केसिले जानकारी दिए ।
राहत हस्तान्तरणकै क्रममा सहायक रथी केसिले सितलहरका कारन अप्ठयारोमा परेका सदाय समूदायका, अपाङ्ग,जेष्ठ–नागरिक, बृद्ध, केटा–केटी, गरिव विपन्न परिवारलाई हामीले खाद्यान्न सामग्री र चिसोबाट जोगिन न्यानो कपडाहरु गर्दै आएको बताए । उनले भने, ‘नेपाली सेनाले सामाजिक दायित्व बोधगर्दै बाढी–पहिरा,े भुक्मप प्रभावितलाई पनि सहयोग गर्दै आई रहेका छौं ।’
राहत वितरण कार्यमा हेसरा नेपाल, रेडक्रास सोसाइटी र एजिज फाउण्डेशनको सहकार्य रहेको छ । हेसरा नेपालका सिओ जियाउदिन खानले हाम्रो संस्थाले स्वास्थ्य, शिक्षा लगाएतको क्षेत्रमा विभिन्न खालको सहयोग गर्दै आएको र आज त्यहि अन्तर्गत यहाँपनि आफ्नो दायित्व निर्वाह गरेको बताए ।
राहत वितरण क्रायक्रममा नेपाली सेनाका सहायक रथी हेम राज केसी सहित, सुमन थापा, रेडक्रस सोसाइटी, स्थानीय युवा समाजसेवी सोयब अनबर लगायत बिभिनन समाजसेवी तथा कर्मचारीको उपस्थिति रहेको थियो ।