सिरहा २५ पुष । सिरहामा नेपाली काँग्रेसको जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेको छ । नेपाली काँग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताहरुले 
जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर  उनलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावी समेत गरे ।

जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पुरा प्यानल विजयी हुने दावी गरे । उनले भने( पहिलो पटक ३ सय मतान्तरले विजयी भएको थिए । यसपटक अझ बढी मतले विजयी हुन्छु । यादब वर्तमान जिल्ला सभापति र पूर्व साँसद पनि हुन् ।

rrr