कुर्था–जयनगर रेल सेवाको पूनः परिक्षण, रेल छिट्टै सञ्चालनको तयारी

    • पुष २४, २०७८
    • १,२१२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, २४ पुस । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको आज सफल परिक्षण गरिएको छ ।
    भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भईरहेका बेला आज लामो समयसम्म थन्किएको सो रेलको परिक्षण गरिएको हो ।laxmi-lugadhune-sabun 1
    भारतीय रेल्बे कम्पनि कर्पाेरेसन (कोंकण) बाट गत २०७७ असोज २ गते खरिद गरेर ल्याएको दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ । पाकिङ्ग गरि राखिएका रेलको आज परिक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
    नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरन्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला लगायतको टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको सो रेल्वे लिकमा रेलको परिक्षण गरिएको छ ।
    रेलको सफल परिक्षण पश्चात नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै छिट्टै रेल सेवा सञ्चालको तयारी भईरहेको बताए ।
    ‘‘कुन मितिबाट रेल चल्छ भन्ने ठ्याकै म अहिले भन्न सक्दिन”, महाप्रबन्धक झाले भने, ‘‘ तर हामी छिट्टै रेल चलाउने तयारीमा छौं, त्यही तयारी स्वरुप नै आज रेलको पूनः परिक्षण गरिएको हो ।” दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने भएकाले रेल सञ्चालनको ठ्याक्कै समय भन्न गाह्रो भएको उनको भनाई थियो ।
    ‘‘अहिले न्युनतम आवश्यकताको आधारमा ६० जना कर्मचारीलाई नियुक्त गरी रेल चलाउने तयारी गरेका छौं” महाप्रबन्धक झाले भन्नुभयो,‘‘ नियुक्त भएका कर्मचारीहरुको तालिम सोमबार सञ्चालन गर्ने छौं, तालिम दिएर ती कर्मचारीहरुलाई काममा परिचालन गरिने छौं ।” यसबाहेक रेल सञ्चालनका लागि भारतीय पक्षबाट समेत २४ मध्ये १४ जना कर्मचारी आईसकेको उनको कथन थियो ।
    उद्घाटनपछि तत्कालका लागि दिनमा एक पटक आउने र एक पटक जाने गरी रेल चलाउने तयारी भईरहेको जानकारी दिदै महाप्रबन्धक झाले १५ दिनपछि यात्रुको चाप र आवश्यकता अनुसार दिनमा २÷३ पटक सम्म पनि रेल चलाउन सकिने बताए ।
    रेल्वे लिकमा रहेका क्लिपहरु चोरी भईरहेको र अझै पनि ठाउँ ठाउँमा रेल्वे लिकमै हाट बजार लगाउने गरेकाले रेल सञ्चालनमा कठिनाई हुन सक्ने भन्दै उनले यसमा सबै पक्ष सचेत भएर सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए ।
    यसअघि गत मंगलवार मात्र भारतीय रेल्बे कम्पनि कर्पाेरेसन (कोंकण) का कार्यकारी निर्देशक डा. मनोज सिंह नेतृत्वको टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पुर्वाधारहरु निरीक्षण गरेको थियो ।
    भारतीय रेल्बे कम्पनि कर्पाेरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याएपनि अझै सञ्चालमा आउन नसकेको भन्दै स्थानीयहरुले बिरोध जनाउँदै आएका छन् ।
    वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै सरर्र यात्रा गर्न पाउने धोको बोकेका नागरिक यतिबेला रेल चल्ने प्रतिक्षामा बसिरहेका छन् ।
    २०१९ जनवरीमै जयनगर–कुर्था रेल सञ्चालनको लागि प्रस्ताव गरेको थियो । त्यसबाहेक कुर्था–जयनगर रेल सञ्चालनको लागि ट्रयाक तयार भइसकेको, रेल पनि भित्रिएको तर सञ्चालन हुन नसकेको भन्दै कम्पनीले दुःख व्यक्त समेत गर्दै आएको छ ।

    pk-farnichar

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल