जनकपुर, २० पुस । प्रदेश दुईमा राष्ट्रियसभाको दुई सदस्य पदका लागि चार दलका ६ जनाले उम्मेदवारी दिएका छन् । जनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दुई पदका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
सत्तारूढ गठबन्धन, कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टीको तर्फबाट १र१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २र२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट पर्साकी उर्मिला अर्यालले महिला कोटामा, जसपाबाट अन्य समूह कोटामा सिराहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरि, लोसपाबाट महिला कोटामा महोत्तरीकी रूपा यादव र अन्य समूहमा श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट महिला कोटामा बिना साह र अन्य समूहमा उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।