सिरहा, १९ पुस । नेपालि काँग्रेस सिरहा जिल्ला कार्यसमितिले जिल्लला प्रहरी कार्यालय सिरहाका तत्कालिन प्रमुख हिरावहादुर पाण्डेलाई फौजदारी अभियोगमा हदैसम्मको कार्यवाही गर्न सरकारसँग माँग गरेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको धनगढीमाई नपा ९ जिरोमाईलस्थित घरमै आइतबार मध्यराती पुगेर एसपी पाण्डेले अमर्यादित गालि गलैज गर्दै गोलि ठोकेर मार्छु भन्ने धम्कि दिएको भन्दै एक प्रेस विज्ञप्तीमार्फत तत्काल कार्यवाहीको माँग गरेको हो ।
जिल्ला कार्यसमितिका सभापति रामचन्द्र यादव र सचिव उपेन्द्र कुमार यादवको संयु्क्त हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा एसपी पाण्डले सभापति यादवलाई ‘मिमिले मलाई सरुवा गरायौ, म तिमिलाई गोली ठोकेर मारिदिन्छु’ भन्दै पटक पटक पेस्तोल तेर्साएको उल्लेख गरेको छ ।
मादक पदार्थ समेत सेवन गरेका पाण्डेले सभापतिलाई गालि गलौज गर्दै पटक पटक पेस्तोल तेर्साएको र मार्ने धम्कि दिईरहेकै वेला नजिकैको प्रहरी चौकीबाट आएका प्रहरीहरुले एसपी पाण्डेलाई गाडिमा हालेर लगेको विज्ञप्तीमा उल्लेख छ ।
प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । एसपी पाण्डले अभियुक्तलाई समातेपछि यादवले छोड्न आफूलाई दबाब दिएको बताए ।
तर, आफ्नो सरुवाको विषयलाई लिएर आफू यादवको घरमा नपुगेको एसपी पाण्डेको भनाई रहेको छ ।
यता सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले भने एसपी पाण्डे गस्तीमा गएको र अरु कुरा आफूलाई थाहा नभएको बताए ।
प्रहरी प्रधान कार्यालयलबाट ६ महिना अघिमात्रै एसपी पाण्डे सिरहा आएका थिए । उललाई फेरी उतै पठाएको र उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ ।