सिरहा, १८ पुस । नेपाली कांग्रेसको सिरहा जिल्ला अधिवेशन नजिकिएसँगै संस्थापन पक्षकै दुईजनाले सभापतिमा उम्मेवारी घोषणा गरेका छन् । यही पुस २७ गते हुने पार्टी अधिवेशनको लागि वर्तमान सभापति रामचन्द्र यादव र महासमिति सदस्य रामसुन्दर चौधरीले जिल्ला समापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।laxmi-lugadhune-sabun
सभापति यादवले जिल्लाको धनगढीमाई नपा १४ सर्रेअम्वासमा वनभोजको आयोजना गरेर र चौधरीले बाटिका टुरिजम लहानमा पिकनिकको आयोजना गरी उम्मेदवारी घाषण गरेका छन् । दुवैजना उम्मेद्वार संस्थापनपक्षकै भएपछि जिलाका नेतृत्व दुईभागमा विभाजन भएको छ । कोइराला पक्षका नेताहरु पनि चौधरीको साथमा रहेको बताइन्छ ।
नेपाली काग्रेसका नेता सीता देवी यादव, पदमनारायण चौधरी लगायतले चौधरीलाई साथ दिएको काँग्रेस निकट एक पत्रकारले बताए । त्यसैगरी रामचन्द्र यादवलाई नेतृ चित्रलेखा यादवलगाएको साथ रहेको बताइएको छ ।
विवादका कारण रोकिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरसहित १६ जिल्लामा पुस २७ गतेको लागि जिल्ला अधिवेशन तोकिएको छ ।

pk-farnichar-gbr 1