सिरहा, १३ पुस । सिरहा जिल्लाका छ दलले जनमत पार्टीले पछिल्लो समय बन्द, हडताल, सवारी साधन तोडफोड र आजगनी गरी उछरिङ्खल गतिविधि गरेको प्रति भर्तसना गरेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नकपा माओवादी केन्द्र, जसपा, लोसपा र नेकपा समावादीले आज संयुक्त प्रसविज्ञप्ती जारी गर्दै औरहिमा भएको गहुँको विउ जवरजस्ती लगेको विषयलाई आधार बनाएर जनमत पार्टीका कार्यकताको उसकाहटमा लागि बन्द हडताल, समावरीसाधानमा तोडफोड र आगजानी गरी जिल्लाको शान्ति सुरक्षामा खलल पारेको भन्दै घटनाप्रति धानाकर्ष भएको जनाएको हो ।
जारी विज्ञप्तीमा पछिल्लो पटक राजनीतिको नाममा आपराधिक गतिविधि भएको प्रति पनि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तीमा पक्राउ परेका किसान र बन्द हडतालका क्रममा पक्राउ परेका जनमत पार्टीका सवैलाई विनासर्त छोड्न प्रशासन समक्ष माग गरेको छ । विउ लुटिएको विषयमा गाउँ पालिकाले स्थानीयस्तरमै छलपफल गरि घटना किनारा लाउन समेत माँग गरेको छ । विज्ञप्तीमा निशेधाज्ञा फिर्ता लिन प्रशासन समक्ष आग्रह गरेको छ । विज्ञप्तीमा जिल्लाको शान्तिसुरक्षा र अमनचैनको लागि आफूहरु सदैव प्रशासनको सहयोगी रहेने जनाएको छ ।
गत पुस ६ गते औरही गापाले भण्डारण गरेको गहुँ किसानले लुटेको आरोपमा किसानहरु पक्राउ परेपछि जनमत पार्टीले विरोध र बन्द हडतालको कार्यक्रम गर्दै आएको छ । बन्दकर्ताले आईतबार बन्द अवज्ञा गरेको भन्दै एउटा ट्रकमा आगजानी गर्नुको साथै दर्जनौं सवारीसाधन तोडफोड गरेका छन् ।
आन्दोलन उछरिङ्खल बन्दै गएपछि सिरहा प्रशासनले मंगलबार र बुधबार दुईदिन निशेधाज्ञा जारी गरेको छ ।