सिरहा, ११ पुस । जनमत पार्टीले गरेको सिरहा बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजीसँगै दर्जनौ गाडी तोडफोड गरेका छन् । बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरुले सिरहाको नरहा गापा ३ नयाँ चोहर्वा नजीक रोकी राखेको ना ५ ख ५५२२ नम्वरको ट्रकमा आगजानी गरेको हो ।
आगजानीबाट ट्रक पूर्ण रुपले जलेर नष्ट भएको छ । जनमत पार्टीका कार्यकर्ताले भने आफूहरुले आजनी नगरेको जनाएको छ । उनीहरुले आन्दोलनमा घुसपैठ भएको भन्दै हामीलाई बदनाम गराउने तत्वले आजगानी गरेको जनाएको छ ।
झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा बन्दको आव्हान नगरेको कारण सिरहाका जनजीवन विहानैबाट नतावग्रस्त बनेको छ ।siraha 6
बन्दका कारण आज विहानैदेखि लहानसहित सिरहाको मिर्चैया, गोलबजार लगायतका बजार, पसल, करकारखाना ठप्प छ भने राजमार्गमै सबारी साधनहरु रोकिदाँ यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
बन्द सफल बनाउन विहानैदेखि जनमत पार्टीका नेता कार्यकर्ताहरु पुर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा टायर बालेर प्रदेर्शन छन् । बन्द खुलाउन प्रहरी र प्रदर्शनकारी बीच पटक पटक झडप भएको जनाएको छ ।
बन्द आव्हान गरेको जनमत पार्टीका कार्यकर्ताहरुले सिरहाको गोलबजार, मिर्चैया लगायतका स्थानमा दर्जनबढी सबारी साधनमा तोडफोड गरेका छन् । अबरुद्ध राजमार्ग खुलाउन प्रहरीले प्रयास गर्दा मिर्चैयामा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको स्थानीयले बताएका छन् । बन्द सफल बनाउन हिडेको एक दर्जन नेता कार्यकर्ताहरुलाई गोलबजार र मिर्चैयाबाट पक्राउ गरेको इलाका प्रहरीले जनाएको छ ।
सिरहाको औरही गाउँपालिकाले गहुँको बिउ बाँड्न ढिलाई गरेको भन्दै किसानहरुले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए ।
गहुँको बिउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा बन्दको आव्हान गरेको हो ।