वीरगञ्ज, १० पुस । पर्साको सखुवाप्रसौनी गाउँ पालिकाको दर्ता चलानी फाँटमा गाउँ पालिकाकी उपाध्यक्षले तालालगाएकी छिन् । उपाध्यक्ष फुलमती देवी चौधरीले श्री नेपाल राष्ट्रिय मा.वि. महुवनको पत्र दर्ता चलानीकालागि पठाएउँदा कार्यालय सहयोगी उपेन्द्र पासवानले दर्ता गर्न अस्विकार गरेपछि केहीबेर भनाभनसमेत भएको थियो ।
पत्रदर्ता गर्ने पासवानले गाउँ पालिकाका अध्यक्षको निर्देशनबिना उपाध्यक्षको पनि दर्ता चलानी गर्न नदिने बताएकाले चलानी दर्ता नहुँदा उपाध्यक्ष चौधरीले दर्ता फाँटमा तालालगाएकी हुन् । दर्ता चलानी गर्ने पासवानलाई नियुक्तीमाग्दा नियुक्ति समेत नरहेको उपाध्यक्ष चौधरीको भनाई छ ।
उपाध्यक्ष चौधरीले भनिन्, ‘नियुक्ती देखाउु भन्दापनि छैन, मेयर सावको कर्मचारीको हो कि गाउँ पालिकाको ? मेरो चिठी दर्ता हुँदैन भने अरुको पनिहुँदैन । उहाँको मात्रै बपौती हैन नी गाउँपालिका, सबैको हो ।’
पासवानलाई गाउँ पालिका अध्यक्ष प्रदिपकुमार जैसवालले आफुखुशी राखेको उपाध्यक्ष चौधरीको आरोप छ । दर्ता चलानीमा पनि मिती खाली राखेर आफ्नो मनोमानी ढंगले कागज मिलाई दर्ता चलानीहुने गरेको उपाध्यक्षले आरोप लगाएकी छिन् ।
उपाध्यक्ष चौधरीकाअनुसार गाउँ पालिकामा बिनानियुक्ती कर्मचारी राख्ने, विज्ञापन आह्वानगर्दा पनि आफ्ना मान्छेलाई मात्रै राख्ने, हचुवाको भरमा गाउँपालिका सञ्चालन भईरहेको छ । दर्ता चलानी फाँटमा ताला लगाएपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएको चौधरीले बताईन् । गाउँ पालिका अध्यक्षले एकलौटी रुपमाकाम गरीरहेको उपाध्यक्ष चौधरीको आरोप छ ।
यता गाउँ पालिका अध्यक्ष प्रदिपकुमार जैसवालले भने उपाध्यक्ष चौधरीले मनोमानी गरेको आरोप लगाएका छन् । चौधरीले आफै चलानी लेखेर आफै दर्ता गर्न खोजेको हुँदा गाउँ पालिका अध्यक्ष हुँदाहुँदै उपाध्यक्षले तोक लगाउने व्यवस्था संविधानमै नभएको जैसवालको भनाई छ ।
जैसवालले भने, ‘गाउँ पालिका उपाध्यक्ष अध्यक्षको अण्डरमा रहेर कामगर्ने हो कि टाउको टेकेर ?’ अझै थप्छन्, ‘कहिले एमालेमा पार्टी प्रवेश गरे भन्नुहुन्छ कहिले हैन म बजेट लिनगएको भन्नुहुन्छ । उहाँले अहिले मनामोनी गरीरहनुभएको छ ।’ उपाध्यक्ष चौधरीले आफै मन लाग्दो पत्र लेखेर मन्त्रालयमा पठाउने गरेको बताउँदै अध्यक्ष जैसवालले आईतवार तालानखोले उपाध्यक्ष् ाविरुद्ध मुद्दा दर्ता गर्ने बताए ।
सखुवा प्रसौनी गाउँ पालिकामा यस अघिदेखिकै प्रमुख प्रशासकिय अधिकृतको विषय विवादित बनेको छ । सर्वाेच्च अदालतमा परेको मुद्दाको छलफल पुष १९ गते म्यादलिइएको हुँदादर्ता फाँटमा लगाइएको तालाले झनै काम प्रभावित भएको सेवाग्राहीको भनाई छ ।