जनकपुर, ९ पुस । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । केही बेरअघि सकिएको मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १ सय ४१ मतले उछिन्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापति बनेका हुन् । आधिकारीक मत परिणाम घोषणा हुन बाँकी छ ।
मन्त्रि समेत रहेका रामसरोज विमलेन्द्र निधि र शेखर कोइरालाको समर्थन गरेको थियो । निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १ हजार ८ सय ८१ मत खसेको थियो ।
तीमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत पाए, पराजित रामसरोजले ८ सय ५५ मत प्राप्त गरेको बुझिएको छ ।
निर्वाचनमा संस्थापन पक्षबाट कांग्रेस रौतहटका सभापति कृष्ण यादव र निधि समूहबाट कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादवले प्यानलसहित उम्मेदवारी दिएका थिए ।