सिरहा, ६ पुस । सिरहा औरही गाउँपालिकाले किसानलाई निःशुल्क वितरणका लागि राखिएको गहुँको बीउ किसानले लुटेर लगेका छन् । औरही गाउँपालिका परिसरमा एक घरमा किसानलाई वितरणका लागि राखिएको गहुँको बीउ वितरणमा ढिलाई गरेपछि किसानहरूले लुटेर लगेका हुन् ।bbb 1
बीउका लागि किसान लाइनमा लागे पनि समयमा वितरण कर्मचारी नआई पुग्ने, कसैलाई धेरै, कसैलाई थोरै दिने गरपछि आक्रोशित किसानले जवरजस्ती विउ लगेको स्थानीय युवा मनोज पासवानले बताए ।
पासवानका अनुसार किसानहरु विहानै देखि लाईनमा वसेपनि समयमा कर्मचारी नआउने, आएपनि व्यस्थित तरिकाले वितण प्रकृया व्यवस्थित नगर्ने समस्याका कारण किसान आजित भएका थिए ।
गाउँपालिका कृषि शाखाका प्रमुख राजदेव यादवका अनुसार किसानले तीन सय ५० बोरा लुटेर लगेकोछन् । विउ प्रीत वोरा ४० केजी प्याक गरिएको थियो ।
पालिकाले प्रत्यक घर परिवारलाई नेपाली नागरिकता, लालपुर्जाको फोटो कमि र निवेदन लिएर २० केजी गहुँको वीउ निःशुल्क वितरण गर्दै आएको बताइएको छ ।
११ बजेदेखि गहुँको बीउ वितरण गरिने भनेर किसानहरुलाई बोलाइएको थियो । वितरण स्थलमा सुरक्षाका लागि सशस्त्र प्रहरी आउन ढिला हुँदा किसानहरुले ताला तोडेर बीउ लुटेर लगेको प्रमुख यादवले बताए । उनले भने, ‘वितरणमा पाँच दश मिनेट ढिलो हुँदैमा यसरी गर्नु हुँदैनथ्यो, किसानलाई हामीले वितरण गरि नै रहेका थियौं ।’