सर्लाही, ५ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा ट्रकको ठक्करबाट एक बिद्यार्थिको मृत्यु भएको छ । सोमबार लालबन्दी नगरपालिका ९, मा ना ३ ख ७९९० नम्बरका ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका १, रतनपुरका १७ वर्षका दीपेन्द्र यादवको मृत्यु भएको हो ।
ट्यूसन पढ्न हिँडेका यादव ट्रकको ठक्करबाट घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि स्थानीय अस्पतालमा उपचारको लागि लगिगिएको भएपनि उनको मृत्यु भएको ना इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ । उनी लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए ।
बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले टायर बालेर सडक अवरूद्ध गरेका थिए । घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएको छ ।