सर्लाही, ३ पुस । नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन अन्तर्गत शनिबारबाट सर्लाहीको लालबन्दीमा तय भएको बन्दसत्र भोलिको लागि सारिएको छ।
विवादका कारण शनिवनर हुन नसकेको बन्दसत्र आइतवार ११ बजेबाट सुरुहुनेगरी तत्कालका लागि स्थगित गरिएको माओवादीका प्रदेश ईन्चार्ज प्रह्लाद बुढाथोकीले बताए।
प्रदेशका केही पालिकाको प्रतिनिधि चयनमा विवाद देखिएपछी बन्दसत्र स्थगित गरिएको बुढाथोकीको भनाई रहेको छ ।
विवाद भएका पालिकामा सहमति बनाउने प्रयास भइरहेको नेताहरुले बताएका छन्।
माओवादीको बन्दसत्रमा सहभागी हुन प्रदेशभरका प्रतिनिधि र नेताहरु लालबन्दीमा छन्। बन्दसत्र स्थगित भएपछि उनीहरु अलपत्र परेका छन्।
भोलि सुरु हुनेभनेपनि आझै सम्म विवादित पालिकाका प्रतिनिधीहरुको टुङ्गो लागेको छैन । भोली ११ बजेका लागि तोकिएको भएपनि अझै अन्यौल कायमै रहेको सहभागीहरुले बताए ।
मंसिर २५ मा जनकपुरधाममा प्रदेश अधिवेशनको उद्घाटन भएको थियो । तर धेरै पालिकामा प्रतिनिधि निर्वाचित नहुँदा बन्दसत्र शनिबारका लागि तोकिएको थियो।

pk-farnichar GBR