सुरेश राय

सिरहा, ३ पुस । नेकपा एकीकृत समावादीका जिल्ला अध्यक्ष उत्तरवहादुर जर्घा मगरले केपी ओलीको लागि दुई तिहाईको सरकार ‘बादरको हातमा नरिवल’ सावित भएको आरोप लगाएको छ । शनिवार युवा संघ, नेपालको प्रथम गोलबजार नगर अधिवेशनको उद्घाटन गर्दै जर्घाले जनताले दिएको मतको अपमान गर्दै ओलीले आफ्नो बाँदरे प्रवृत्ति देखाएको बताए ।
उनले सरकारमा रहुञ्जेल हावा कुरा गरेर समय विताएको भन्दै अव उनलाई जनतामा जाने अधिकार नरहेको बताए । उनले भने, ‘ अव तिनले सरकारमा छँदा हवाबाट बिजुली बाल्ने,े पानी जहाज कुदाउने, घर–घरमा ग्यास पाइप पुर्याउने हावा कुरा गरेर विताए, त्यसैले अव फेरी हाफा गफ दिने ओलीलाई मत दिनु हुन्न ।’
उनले अव हावा कुरा गर्ने ओली र तीनका प्रतिनिधीलाई गाउँ गाउँबाट लखेट्न युवाहरुलाई आव्हान गरे । उनलेभने, ‘दुई तिहाईको सरकार चलाउन नसक्ने र जहिल्यै नयाँ जनमतको दुहाईदिनेहरुलाई जनताले चिनि सकेका छन्, उनीहरुलाई अव गाउँ छिर्नदिनु हुन्न् ।’
पार्टिका जिल्ला सचिब योगेन्द्र सिंहले ओलीले नेतालाई देवत्व करणको अभ्यास गराएर कम्यूनिष्ट पार्टीको नाममा दास तथा सामन्तको भिड बनाएको आरोप लगाए । उनले पार्टीका कार्यक्रमहरुमा नेताका ठूल–ठूला तस्विर राख्ने र जयकार गर्ने शैलिले सामन्तको शैलिलाई विर्साएको बताए ।

साहको अध्यक्षतामा नगर कमिटि गठन
युबा संघ नेपालको प्रथम गोलबजार नगर समेलनले रामउदगार साहको अध्यक्षतामा ५५ सदस्य नगर कमिटी चयन भएको छ । सममेलनले बरिष्ठ उपा–अध्यक्षमा शिबजी साह, उपा–अध्यक्षमा मनोज माझी, सचिब राधेश्याम यादब, सह–सचिबमा पर्शुराम महरा, कोष–अध्यक्षमा शिवानी थपलोया सर्वसम्मत चयन भएको आयोजकले जनाएको छ ।

pk-farnichar GBR