सुरेश राय
सिरहा, ३ पुस । नागरिकलाई स्वदेशमै रोजगार श्रृजना गर्नुपर्ने राज्यको मुख्य दायीत्व रहेको वक्ताहरुले बताएको छ । अन्तराष्ट्रिय अप्रवासन दिवस २०२१ को अवसरमा आयोजित ‘आप्रवासी कामदारहरुको न्यायका लागि हाम्रो भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले नागरिकलाई स्वदेशमै रोजगार श्रृजना गर्ने दायीत्वबाट राज्य चुकेको भन्दै रोजगारीको शिलशिलामा विदेशमा रहेकाहरुको सुरक्षामा पनि ध्यान जान नसकेको बताए ।
बक्ताहरुले रोजगारीको क्रममा विदेशमा रहेकाहरुको आफ्नो पीडा छदैंछ । घरका रहेका उनीहरुका परिवारले पनि विभिन्न खालको यातनाहरु सहनु परेको बक्ता हरुले बताए । उनीहरुले सवभन्दा बढी बैदेशिक रोजगारीमा रहेका श्रीमतीहरुले झन ठूलो पीडा सहनु परेको उनीहरुको भनाई रहेको छ ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका उपाध्यक्ष सरोज यादवले नेपालीकोहरुको वैदेशिक रोजगारी बाध्यता रहेको बताए । उनले आफूले संस्थागत ढङ्गले बैदेशिक रोजगारमा जानेहरुलाई निःशुल्क शिपमुलक तालिम र न्यून व्याजमा ऋण उपलब्ध गर्दै आएको बताए ।
दिवसको अवसरमा आयोजित अन्र्तगक्रियामा विभिन्न क्षेत्रका अगुवाहरुले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीमा विशेष जोड दिनुपर्ने बताएका छन् । राज्यको कुल बजेटको एक चौथाई रेमिट्यान्सले धानेकोले वैदेशिक रोजगारीमा रहेकाहरुको परिवारको जीवनयापन सहज बनाउन राज्यले पनि भूमिका खेल्नुपर्ने बताएका छन् ।
आप्रवासी हकहित संरक्षण संजालको अगुवाई तथा मुक्ति नेपालको आयोजना सम्पन्न अन्तरक्रियामा मुक्ति नेपालका कार्यक्रम निर्देशक श्यामकुमारी साहले बैदेशिक रोजगारीमा रहेका घरपरिवारले चरित्रहिन सम्मको आरोप सहनु परेको बताए । उनलेभने, ‘आफ्नो आफन्त, घर परिवार विछोडीको पीडा त छर्दैंछ, त्यसमाथि विभिन्न आरोपहरुले बैदेशिक रोजगारीमा रहेका महिलाहरु झन ठूलो मानसिक यातनामा छने ।’
यस्ता खालका आरोप पत्यारोपलाई न्यूनिकरण गर्न जागरणको जरुरी रहेको साहले बताए ।
आप्रवासी हकहित संरक्षण संजालका जिल्ला अध्यक्ष कृष्णमाया कामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा विभिन्न गैर सरकाकारी सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।