सिरहा, ३ पुस । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) मिर्चैया नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्नले धनिकलाल यादवको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटी सर्वसम्मत चैन गरेको छ । सम्मेलनले बरिस्ठ उपाध्यक्षमा रामनारायण ठाकुर, उपाध्यक्षमा किशोरी ठाकुर, उपाध्यक्ष हरीनारायण यादव, सचिवमा दिनेश मण्डल, सहसचिवमा संजय मण्डल र कोषाअध्यक्षमा संगिता देवी यादव लाई चयन गरेका छन् ।
दुईदिन सम्म चलेको नगर सम्मेलनले शुक्रवार बेलुका १४ जनाको सचिवालय सहितको सर्वसम्मत नगरकमिटी र प्रदेश १६ जना प्रतिनिधी चयन गरेको बताइएका छ । सम्मेलनको उद्घाटन पार्टीका स्थायी सममिति सदस्य तथा पूर्वमन्त्री मात्रिका यादवले गरेका थिए ।