सिरहा, २ पुस । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री मात्रिका प्रसाद यादवले प्रदेशको मुख्यमन्त्रिको कार्यालय घेराउ गर्नुपर्ने बेला भएको बताएको छ । पार्टीको कर्जन्हा नगरपालिका नगर सम्मेलन उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का मुख्य मन्त्री ठग, समकक्षी पार्टी विरोधी रहेको भन्दै अव उनको कार्यालय नै घेराउन गर्नुपर्ने बताएका हुन् ।
कर्जन्हा नगरपालिकाको मुख्य समस्याको रुपमा रहेको केन्द्र परिवर्तनको विषयमा मुख्य मन्त्रीले कर्जन्हावासीसंग बैयमानी गरेकोले मुख्य मन्त्रीको कार्यलय घेराउ गर्न नेता कार्यकर्तालाई सुझाव दिएका छन् । उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘प्रदेश नं. २ का मुख्य मन्त्री ठक रहेका हुन्, । यदि कार्यालय बनाउन र सिफारिस दिन मानिरहेका छैन् भने मुख्यमन्त्रीको कार्यालय घेराउ गर्नुस्, सडक जाम गर्नुस्, मलाई बोलाउनुहुन्छ भने म पनि आउछु ।’
कर्जन्हा नगरपालिकाको नगर प्रमुख तथा प्रदेश कमिटि सदस्य गंगा पासमानको अध्यक्षतामा भएको उद्घाटन शत्रमा विशिष्ट अतिथिको रुपमा प्रदेश सांसद दिलिप साह, पुर्व मन्त्री तथा जिल्ला इन्चार्ज अजय संकर नायक, प्रदेश सह इन्चार्ज तथा पुर्व मन्त्री महिन्द्र पासमानको उपस्थिती रहेको थियो ।
सम्मेलनबाट असल नेतृत्वलाई चयन गरि माओवादी केन्द्रको मुख्य ऐजेन्डाहरुमा सहयोग गर्न सबै सहभागि नेता तथा कार्यकर्ताहरुलाई पुर्वमन्त्री नायकले आग्रह गरे । माओवादी केन्द्र यूवालाई रोजगार, भत्ता र घर विहिन रहेका विपन्न समुदायहरुलाई घर लगायतका आवश्यक सेवा सुविधाहरुको व्यवस्था गर्ने मुख्य योजनाहरु लिएर अगाडि बढेको हुदा यसमा सबैको सहयोगको आवश्यकता रहेको बताए ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रलाई देशको एक नम्बर पार्टी बनाउनका लागि देशका सबै पीडित समुदायहरुलाई एक हुनु वाहेक अर्को विकल्प नरहेको पुर्व मन्त्री महिन्द्र पासमानले बताए । देशको गरिब दलित सहित परिवार लगायतको हक अधिकार सुनिश्चित गर्ने ऐजेन्डा माओवादीसंग मात्र भएकोले अगामि चुनावमा माओवादीका सबै प्रतिनिधिहरुलाई उत्साहका साथ विजयी बनाउन पासमानले आग्रह गरे ।
कर्जन्हा नगरपालिकाको कार्यालय निर्माणको सिफारिस प्रदेश सरकारले दिन नमाने अब कर्जन्हाका जनता मुख्यमन्त्रीको कार्यालय घेराउ गरि सिफारिस लिने कर्जन्हाका मेयर पासमानले बताए । २०७६ सालमा दुई तिहाईको बहुमतले कर्जन्हा नगरपालिकाको केन्द्र परिवर्तन गरि सबै प्रकृया पुरा गरि मुख्य मन्त्रीको तोक आदेश समेतभई केहि व्यक्तिहरुको चलखेलमा कर्जन्हाको विकास निर्माण अबरोध गर्ने मनसायका साथ सिफारिसमा रोक लगाएको हुदा अब छिटै मुख्यमन्त्री राउतको कार्यालय घेराउ गरि सिफारिस लिने पासमानले बताए ।
कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा जारी रहेको बन्द शत्रबाट २२ जना प्रदेश प्रतिनिधी सर्बसहमत रुपले चयन भएको अध्यक्ष मण्डलका सदस्य रामचन्द्र साहले जानकारी दिए ।