सर्लाही, १ पुस । सर्लाहीका् फरक–फरक ठाउँमा आगोले जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका ७ सिरसियाका जोगी महराको फुसको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको हो ।laxmi lugadhune sabun
जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
आगलागीमा जलेकी उनकै पाँच वर्षीया छोरी सुधा कुमारी स्थानीय मेडिकलमा उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ ।
आगलागीकै कारण सर्लाहीकै मलंगवा नगरपालिका ६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको मृत्यु भएको छ । आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो । त्यसपछि नालीमा खसेर छटपटाइरहेको अवस्थामा प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

pk-farnichar GBR