वीरगञ्ज, २९ मंसिर । नेकपा एकीकृत समाजवादीका नेता एवम् प्रदेश नं. २ का सांसद सुन्दर विश्वकर्माले विश्वकर्माले जाततन्त्र राजतन्त्र भन्दापनिखतरा रहेको बताए । राष्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालय भवन उद्घाटन गर्दै सांसद विश्वकर्माले देशबाट राजतन्त्र अन्त्य भएपनि दलित समूदायलाई भने अझै उपेक्षामा पार्दै आएको बताए ।laxmi lugadhune sabun
विगतमा हुने अपमान पूर्वक हुने विभेदको स्वरुप परिवर्तन भएपनि विभेद अझै कायमै रहेको सांसद विश्वकर्माले बताए । उनलेभने, ‘अहिले कानुनले विभिद गर्न नपाउने भनेपनि व्यवहारमा अझै कायम रहेको बताए ।’
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रशासनतर्फ पनि दलितको सहभागीता बढाउनका सरकारले आरक्षणको व्यवस्था गरेको बताए । समयको विकासक्रमसँगै मानिसको मानसिकता पनि विकास हुने क्रममा रहेको हुँदा विस्तारै जातिय व्यवस्था व्यवहारिक रुपमा पनि अन्त्यहुने पौडेलको विश्वास छ ।
त्यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ताले जातिय विभेदको विरुद्ध जनतालाई जागरुक बनाउनुपर्नेमा जोड दिएका छन् । दलित पत्रकार संघसँग सहकार्य गरेर जातीय व्यवस्थाको विषयमा बहस गर्न, अन्तरक्रिया कार्यक्रमको आयोजनागर्न संघलाई सुझाव दिँदै संघका हरेक गतिविधिमा सहयोग गर्ने पनि अध्यक्ष डा. गुप्ताले प्रतिबद्धता जनाए । समाजको तिथो यथार्थको विरुद्धमा दलितका आवाजलाई दलित पत्रकारले नै उठान गर्नुपर्नेमा गुप्ताको जोड थियो ।
नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले मानसिकतामा परिवर्तन नआएसम्म जातीय विभेद जस्ता विकृतीको अन्तय नहुने बताए ।
यस्तै, पहुँचमा पुगेका दलितहरु नै शासक बन्दापनि दलित समुदायको उत्थान हुननसकेको नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको धारणा छ । निर्वाचित जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनीधि एवम् बाहिर सामन्ताका कुरा गर्नेहरुले नै छुवाछुत र जातीय विभेदलाई अंगीकार गर्दा परिवर्तन हुन नसकेको भन्दै अन्सारीले चिन्ताव्यक्त गरे ।
जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमदले देशमा अँझै पनि जातीय विभेदको विषयमा बहस हुनु दुखद विषय भएको बताए । समानता र समावेशिताको विषयमा जसपाले विगतदेखि नै आवाज उठाउँदै र दलितलाई पनि अवसर प्रदानगर्दै आएको अहमदको दावी छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताए । अरुका आवाज उठाउने पत्रकारहरु आफै कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्ने सोच्नुपर्ने विषय भएको बताउँदै लामिछानेले आफूलाई ठूलो मिडिया हाउस भन्नेहरुले पनि न्युनतम पारिश्रमिक समेत लागु नगरेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्रप्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेत, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जरा, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य गया हजरा पासवान, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, माओवादी केन्द्र प्रदेश नम्बर २ का सदस्य रामबाबु बैठा, नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी, राष्ट्रिय दलित पत्रकार संघ प्रदेश २ की कोषाध्यक्ष सावित्री शर्मालगायतको उपस्थिती रहेको दलित पत्रकार संघ पर्साका उपाध्यक्ष सुरेब बादलले जानकारी दिए ।
संघका सल्लाहकार बृजलाल पासवानले स्वागत मन्तव्यव्यक्त गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष श्याम पासवानले गरेका थिएभने सहजीकरण सचिव सूर्यनारायण वि.क.ले गरेकाथिए ।