जनकपुर, २९ मंसीर । पल्टीर्पपस फाइनान्स कम्पनि लिमिटेडले नयाँ व्यवस्थापनसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आफ्नो पहिलो शाखा बिस्तार गरी बैंकिङ कारोबार शुरु गरेको छ ।
उक्त फाइनान्सले निक्षेप, कर्जा लगानी, रेमिट्रान्स, बैंक जमानत, मोवाइल बैंकिङ लगायतका सम्पुर्ण बैंकिङ सेवासहित जनकपुरधाम उपमहानगरपालिका ४ मुरली चौकमा शाखा बिस्तार गरेको हो ।
सो फाइनान्सको राजविराजमा केन्द्रीय कार्यालय रहेको छ । फाइनान्समा नयाँ व्यवस्थापनपछि पहिलो शाखाको रुपमा बिस्तार गरिएको जनकपुर शाखामा अहिलेको लागि १३ जना जनशक्ति परिचालन गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजनीस कुमार सिंहले जानकारी दिए ।
सेवाग्राहीको माग र आवश्यकता अनुसार जनकपु्रमा पहिलो शाखा बिस्तार गरेको र केही दिनभित्रै महोत्तरीको गौशाला र रामगोपालपुर तथा सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर बजारमा शाखा स्थापना गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत सिंहले बताए ।
फाइनान्सले सप्तरीसहित सिरहा, धनुषा, महोत्तरी र सर्लाही गरी प्रदेश २ को ५ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर बैंकिङ कारोबार गर्दै आएको छ ।