उदयपुर, २४ मंसिर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजको) उदयपुरको चौथो अधिवेशनले ईश्वर बलाम्पाकी मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सम्पूर्ण आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजको) उदयपुरको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित होटल ड्रिम ल्याएमा शुक्रबार सम्पन्न फोनिजको चौथो अधिवेशनले बलम्पाकी मगर सर्वसम्मतरुपमा चयन भएका हुन् ।
अधिवेशनले बलम्पाकी मगर नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । चयन हुने नयाँ कार्य समितिको उपाध्यक्षमा दुर्गानन्द चौधरी ‘डिएन’, सचिवमा बुद्धि चाम्लिङ, सहसचिवमा सम्झना तामाङ र कोषाध्यक्षमा बिक्रम राई चयन भएका छन् । यसैगरी नयाँ कार्य समितिको सदस्यहरुमा मानोज श्रेष्ठ, पूजा राजधामी, सुवास राईडोने, हिरा राई, सिंहबहादुर राई, सुजना राई, बेदकुमारी राई र भावना राई रहेका छन् ।
त्यसैगरी केन्द्रीय अधिवेशनको लागि प्रतिनिधिको रुपमा गजेन्द्र राई, महेश्वर चाम्लिङ, भोटराज राई, यमन दनुवार, गंगा राई, शंकर रिखाम, शुपराज राई र सन्तोषी तामाङ सर्बसहमत चयन भएका छन् । यसैगरी प्रदेश अधिवेशनको लागि प्रतिनिधिको रुपमा राजेन्द्र राई ‘दुष्ट’, ऋषि राई, देबराज राई, उर्मिला दनुवार, रुपा चाम्लिङ, अमित तामाङ, नेत्रकुमार सुनुवार ‘सञ्चार’, दिनेश राई र रञ्जु दनुवार सर्वसम्मत चयन भएका छन् ।